राईलाई आर्थिक सहयोग

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ असार ३१ गते, बुधबार १२:४८

काठमाडौं ।सल्यान जिल्ला खेलकुद विकास समिति एथलेटिक्स सहायक प्रशिक्षक रविनकुमार राईलाई स्वास्थ्य उपचारका लागि आर्थिक सहयोग प्रदान गरिएको छ ।
नेपाल एथलेटिक्स संघले राईलाई ६० हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको हो । ३० हजार नगद र बाँकी रकम बराबरको चेक राईलाई हस्तान्तरण गरिएको थियो । संघको तर्फबाट सचिव आरके विष्टले राईलाई रकम हस्तान्तरण गरे । राई हाल भक्तपुरको ताथलीस्थित क्यान्सर अस्पतालमा उपचाररत छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु