नेपाल प्रहरीको ३१औं महानिरीक्षक (आईजी) मा दीपक थापा नियुक्तयस्तो छ तपाईको आज मंगलबारको राशिफल, आज यी राशिका व्यक्ति हुनेछन् आज लाभान्वितयलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन क्षितिज र नितालाई उपाधिपोखरा कप राष्ट्रिय ह्यान्डबल ः लिगचरण सकियो, भोलि सेमीफाइनलसंगै उपाधि भिडन्त५२ लाख पुरस्कारको १७औं धर्मश्री को तयारी पूरातामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्ष पदमा तुल बहादुर तामाङ निर्वाचितस्थानीय तह कर्मचारी संघ, नेपालको सचिवालय बैठक सम्पन्न, उपहार पनि बाँडियोनेपाल तामाङ घेदुङ साइप्रसको चौंथो अधिवेशन सम्पन्ननृत्य नेपाली पारा’ को पहिलो संस्करणमा रिदिमा र उपासना विजयीमिसन–२०२६ खेलकुद अभियान हो’’– घिसिङ

निजी विद्यालयहरुले आज देखि अनलाइन कक्षा बन्द गर्ने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ श्रावण १ गते, बिहीबार ०७:२९

काठमाडौ, १ साउन । निजी विद्यालयहरुले आज देखि अनलाइन कक्षा बन्द गर्ने घोषणा गरेका छन् । निजी विद्यालयका छाता संगठन प्याब्सन र एनप्याब्सनको संयुक्त रुपमा बसेको बैठकले आज देखि लागु हुने गरी शिक्षकहरुलाई बेतलबी बिदा दिने र भइरहेको अनलाइन कक्षा बन्द गर्ने निर्णय गरेको हो ।

आफुहरुले उठाएको माग शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सम्बोधन नगरेको भन्दै निजी विद्यालयले अनलाइन, रेडियो र टेलिभिजनबाट भइरहेका पठनपाठन बन्द गर्न बाध्य भएका हुन् ।
एनप्याब्सन र प्याब्सनले साउन १ देखि खोल्न र विद्यार्थी भर्ना गर्न पाउनुपर्ने, लकडाउनको कारण समस्यामा परेका स्कुललाई ऋण दिनुपर्ने र अनलाइनबाट भइरहेको पढाईलाई औपचारिकता दिएर शुल्क लिन पाउनुपर्ने मागसमेत राखेका थिए ।

प्याब्सन र एनप्याब्सनले असार १४ गते शिक्षामन्त्री गिरीराज मणी पोखरेललाई माग पत्र बुझाएका थिए । सरकारले मागको कुनै सम्बोधन नगरेपछि उनीहरुले विद्यालय बन्द गर्ने निर्णयमा पुगेका हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु