• ‘धोका भो’ बोलको गीतमा सागर बिल्कुलै फरक अवतारमा

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १ श्रावण २०७७, बिहीबार ११:४५

    काठमाडौ ।हाँस्य कलाकारको रुपमा आफ्नो गतिलो छवि बनाएका कलाकार सागर लम्साल ‘बले’ अहिले म्युजिक भिडियोमा निकै व्यस्त बनिरहेका छन् । उनले अहिले निरन्तर भिडियोमा काम गरिरहेका छन् ।

    यस्तैमा, मंगलबार सागरको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘धोका भो’ बोलको गीतमा सागर बिल्कुलै फरक अवतारमा देखिएका छन् । अहिलेसम्म कमेडी तथा डान्सिङ गीतमा काम गर्दै आएका सागरले पहिलो पटक ‘स्याड गीत’मा काम गरेका हुन् ।
    भिडियोमा सागर दलित युवाको भूमिकामा प्रस्तुत भएका छन् । दलित भएकै कारण आफ्नो प्रेममा परेको बाधालाई भिडियोमा देखाइएको छ । भिडियोमा सागरको जोडीका रुपमा रोशनी कार्की देखिएकी छिन् ।
    सागर भिडियोलाई लिएर निकै उत्साहित छन् । यस गीतमा आफूले फरक काम गर्न पाएकाले उत्साहित रहेको सागर बताउँछन् । सागर भन्छन्, ‘यस गीत मेरो लागि विशेष छ । किनभने यस गीतमा मैले फरक काम गर्ने मौका पाएको छु ।
    एउटा कमेडियनको रूपमा परिचय बनाएर भिडियोमा काम गर्दै गरेको मैले पहिलो पटक स्याड गीतमा काम गरेको छु । त्यसैले मेरो लागि यो गीत विशेष छ ।’ यस भिडियोबाट सागार निकै आशावादी पनि देखिन्छन् ।
    यो भिडियो दर्शकले रुचाएमा आफ्नो फरक परिचय बन्नेमा सागर विश्वस्त देखिन्छन् । सार्वजनिक गीतमा सन्तोष सुनारले शब्द, संगीत तथा स्वर रहेको छ ।
    मनोज बस्नेतको निर्देशनमा बनेको भिडियोलाई रामकुमार केसीले खिचेका हुन् भने टेकेन्द्र शाहले सम्पादन गरेका छन् । भिडियोका लेखक तथा सहायक निर्देशक राजिव समर हुन् ।
    भिडियो :

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु