• यो आर्थिक वर्षमा सबै मेनपावर कम्पनी नवीकरण हुने

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १ श्रावण २०७७, बिहीबार १३:१२

    काठमाडौं । यो आर्थिक वर्षमा सबै मेनपावर कम्पनी नवीकरण हुने भएका छन् । वार्षिक १ सय कामदार पठाउन नसकेका मेनपावर कम्पनीको पनि ईजाजतपत्र नवीकरण हुने कि नहुने भन्ने त्रासबीच रहेका व्यवसायी सरकारी निर्णयसँगै खुशी भएका छन् । यससँगै ५१३ वटा मेनपावर कम्पनी खारेजीबाट जोगिएका छन् ।
    श्रममन्त्रालय स्रोतका अनुसारे सोमबार बसेको मन्त्रिपरिषद बैठकले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको प्रस्तावमा उक्त निर्णय सबै मेनपावर कम्पनीलाई एकपटक नवीकरण गर्ने निर्णय गरेको छ । बैठकले वैदेशिक रोजगार ऐन २०६४ को बाधा अड्काउ फुकाउने दफा ८२ प्रयोग गरी सबै मेनपावर कम्पनीहरुका लागि ईजाजतपत्र नवीकरण हुने गरी निर्णय गरेको र यससम्बन्धी फाइल बुधबार नै श्रम मन्त्रालय आइसकेको छ ।
    मन्त्रिपरिषद्को यो निर्णय नेपाल राजपत्रमा सूचना प्रकाशन भएपछि मात्र कार्यान्वयनमा आउने छ । मन्त्रालयले मन्त्रीपरिषदको निर्णय सम्बन्धमा सम्बन्धित निकायमा लिखित आदेश दिएसँगै लगातार दुई वर्षसम्म वार्षिक १ सय जना कामदार पठाउन नसकेका ईजाजतपत्र प्राप्त संस्था आर्थिक वर्ष २०७७र०७८ को लागि नवीकरण गराउन आएमा नियमानुसार नवीकरण हुनेछन ।

    असार मसान्तसम्म नवीकरणसम्बन्धमा सरकारको निर्णय नआउँदा धेरै व्यवसायी पीडामा रहेका थिए । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विष्णु गैरेले यो व्यवसायी र संघको सफलता भएको बताउँदै सहयोगी सबैलाई धन्यबाद दिए । ‘यससम्बन्धमा मन्त्रालयबाट आधिकारिक पत्र आएपछि पत्रकार सम्मेलन गरे जानकारी गराउने छौं’, गैरेले भने ।
    संघका महासचिव सुजितकुमार श्रेष्ठले सरकारले व्यवसायी र व्यवसायका पक्षमा निर्णय गरेको र यसले अर्बौ रुपैयाँका लगानी बचाउन ससहयोग पुग्ने बताउँदै सरकार र श्रममन्त्रीलाई धन्यवाद दिए ।
    श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गत वर्ष मलेसियाको रोजगारी बन्द रहेको र चालु आर्थिक वर्षको ४ महिना कोरोना भाइरस (कोभिड–१९) का कारण विभागले नै श्रम स्वीकृति बन्द गरेको कारणसहित वैदेशिक रोजगारीमा एक सय जना कामदार पठाउन नपाएका मेनपावर कम्पनीहरुको ईजाजतपत्र नवीकरण गर्ने व्यवस्थाका लागि कानून मन्त्रालयको राय लिएर मन्त्रिपरिषद्मा बाधा अड्काउ फुकाउने प्रस्ताव लगेको थियो ।
    कोरोना भाइरस संक्रमणपछि गत चैत १६ गते बसेको मन्त्रिपरिषद्को बैठकले लकडानउका कारण प्रभावित सबै पक्षलाई कर छुट तथा अन्य सहुलियत दिने निर्णय गर्दै वैदेशिक रोजगार ऐन २०६४ मा रहेको व्यवसायीहरुको ईजाजतपत्र नवीकरणका लागि वार्षिक एक सय जना कामदार पठाएको हुनुपर्ने व्यवस्था संशोधन गर्ने निर्णय गरेको थियो । तर, श्रम मन्त्रालयले त्यस सम्बन्धी प्रस्ताव अघि बढाएको थिएन । गत शुक्रबार प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले कोभिडलगायतका कारणले वार्षिक एक सय कामदार वैदेशिक रोजगारमा पठाउन नपाएका मेनपावर कम्पनीको ईजाजतपत्र नवीकरणमा सहजीकरण गरिदिन सरकारलाई निर्देशन दिएको थियो ।

    सरकारको निर्णयसँगै लोकतान्त्रिक बैदेशिक रोजगार एशोसियसनले खुशी व्यक्त गर्दै यसका लागि भूमिका खेल्ने सबैमा धन्यवाद दिएको छ । एसोसियसनका अध्यक्ष नरेन्द्र ढकाल ले एक विज्ञप्ति प्रकाशित गरि संस्था नबिकरण नहुने समस्याको नेपाल सरकारले तत्काल लाई बाधा अडकाउ फुकाउको धारा प्रयोग गरी यस पटक लाई नबिकरण गरिदिने निर्णय गरेकोले कम्पनीहरु प्रत्यक्ष लाभान्बित भएको उल्लेख गरेका छन् ।

    एसोसियनको विज्ञप्ति :
    आदरणिय ब्यबसायी ज्यु हरु

    अन्तत संख्या १०० का कारणले संस्था नबिकरण नहुने समस्याको नेपाल सरकारले तत्काल लाई बाधा अडकाउ फुकाउको धारा प्रयोग गरी यस पटक लाई नबिकरण गरिदिने निर्णय गरेको छ। यसले ५१२ वटा संस्थाहरु प्रत्यक्ष लाभान्बित भएका छन ।
    अघिल्लो श्रम मन्त्रिको पालामा भएको ब्यवसाय बिरोधि एेन सन्सोधनले प्रतेक २ बर्ष सम्म पनि १०० जना कामदार पठाउन नसक्ने संस्थाको इजाजत नबिकरण नहुने ब्यबस्था भएकोमा त्यसलाई कसैको बदनियत पुर्बाग्रहमा नियमावलीमा लगातार २ बर्षसम्म वार्षिक १०० पठाएकै हुनु पर्ने ब्यबस्था गरी अरबौ धरौटी राखी ब्यबासायिहरुलाई दुनियाँमा नभएको वाध्यकारी परिस्थितीमा फसाई ब्यवसाय बिमुख बनाउने ब्यबस्थाको यस लोक्तान्त्रिक एसोसियसनले सुरु देखी नै बिरोध गर्दै आइरहेको बिषय हो ।
    आफ्नो बिचारधारा भन्दा फरक धारको सरकार भएको अवस्थामा समेत अत्यन्त सुजबुझका साथ अहोरात्र मेहेनत गरी सरकारका सम्बन्धित हरेक निकायहरुलाई गम्भिरताका साथ समस्याका सम्बन्धमा जानकारी गराइ निर्णय गराउन सफल हुनु भएकोमा बैदेशिक रोजगार ब्यबासायि संघ लाई बिशेष धन्यवाद । एसोसियसनले आफ्नो तर्फबाट नेपाली काङ्रेस पार्टीका सभापति मार्फत सरकार प्रमुखसंग प्रत्यक्ष बर्ता गराउने, महामन्त्रीको श्रम मन्त्री ज्यु लाई प्रत्यक्ष टेलिफोन बार्ता, नेपाली काङ्रेस संसदिय दलका प्रमुख सचेतक बाल कृष्ण खाडले प्रेस बिग्यप्ती तथा सम्मानिय प्रधानमन्त्रीलाई भेटी यो बिषयमा गम्भिर कुरा गर्नु भएको हामी सबैलाई सर्बबितिदै छ १छाया मन्त्रिको लिखित प्रतिबेदन, केन्द्रिय सदस्य एबम पूर्व श्रम मन्त्री रमेश लेखकबाट श्रम मन्त्री लाई पटक पटक टेलिफोन तथा प्रत्यछ सम्बाद तथा नेपाली कांग्रेस पार्टीका जिम्बेबार ब्यक्ती हरु मार्फत सरकारका सम्बन्धित निकायहरुमा सम्बाद गराइ तथा आफै पनि प्रतक्ष कुराकानी गरी निर्णयको लागि सकारात्मक् बातावरण बनाउन महत्वपूर्ण भूमिका खेलेको छ । हाल लाई यो समस्या समाधान भएपनि आगामी बर्ष समेत महामारीको अवस्था यस्तै रहेमा पुन सन्ख्या १०० को समस्या रहि नै रहने छ । लोकतान्त्रिक एसोसियसनले यस्को दिर्घकालिन समाधानको लागि एेन सन्सोधन को लागि आबश्यक पहल गरीनै रहने छ । कोभिड(१९ कारणले फर्की आएका कामदार ले दिनसक्ने अनाबश्यक उजुरीको सम्बोधन तथा निस्चित समयको लागि नगद धरौटी रकम ब्यबसायी लाई चलाउन दिने बिषयहरु अबका हाम्रा प्रमुख मागहरु हुन ।

    करिब् २ तिहाइ ब्यबसायी समस्या कसै एकको प्रयासले मात्र सम्भव भएको भन्नु अरुले गरेको मेहेनतको अबमुल्यन हुनेछ । बिशेष गरी पूर्व अध्यक्षहरु, प्रगतिसिल मन्च, तराइ लोक्तान्त्रिक फोरम,बिभिन्न घटक संस्थाहरु, केही राष्ट्रिय पार्टी तथा सकारात्मक भूमिका खेल्नु हुने पत्रकारहरु बिशेष धन्यवाद का पात्र हुनुहुन्छ ।

    लोकतान्त्रिक बैदेशिक रोजगार एशोसियसन

    यस्तै प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मन्चले पनि सरकारको निर्णयको स्वागत गर्दै विज्ञप्ति प्रकाशन गरेको छ ।

    मञ्चको विज्ञप्ति :
    आदरणीय व्यवसायी ज्यूहरु ,
    १०० सङ्ख्या को वाध्यकारी ऐन सम्सोधन ले निम्त्याएको असहज परिस्थिति को निराकरणार्थ भएको प्रयास मा अहोरात्र खट्नु भएका प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मन्चद्वारा गठित “सय सङ्ख्या समाधान समिति का संयोजक हरि बहादुर पाण्डे क्षेत्री र आबध्द टिम , राजनीतिक समस्या र सम्वाद समिति का संयोजक दिल प्रसाद पोखरेल र आबध्द टिम (CSR )व्यवसायीक सामाजिक उत्तरदायित्व अन्तर्गत बनेको आर्थिक समितिका संयोजक हेम बहादुर गुरुङ र आबध्द टिम लगायत आ – आफ्नो तह र तप्का बाट टेवा पुर्याउनु हुने वैदेशिक रोजगार व्यवसायी संघका पूर्व अध्यक्षहरु र निवर्तमान अध्यक्ष , मन्चका सँस्थापक देखी वर्तमान सम्म मन्चको नेतृत्वदायी भूमिकामा रहनुभएका अध्यक्षहरु , मन्चका संयोजक , सह – संयोजक , सचिवालयको भुमिका निभाउने व्यक्तिहरु लगायतको अहम भूमिकालाई विशेष साङ्गठनिक मुल्याङ्कन गर्दछ । यो अविस्मरणीय उपलब्धि मा प्रमुख भूमिका खेल्ने सबै ब्यक्तित्वहरु प्रति प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मन्च नेपाल हार्दिक कृतज्ञताका साथै आभार व्यक्त गर्दछ । आगामी दिनहरुमा आई पर्ने समस्या समाधानार्थ यस्तै एकता र ऐकबध्दताको अपेक्षा सहित व्यवसायीक मुद्दामा अडिक रहने प्रतिबध्दता समेत जाहेर गर्दछ । यो सिलसिला मा जिम्बेवारी सहित को आफ्नो उपस्थिति देखाउनु हुने क्षेत्रीय, भेगिए , जातिय संघ सङ्गठनका नेतृत्व हरुको भूमिका पनि अतुलनीय रह्यो । यो सङ्ग्राम को मैदान मा समान ढङ्ग को सहभागिता लाई पूर्णता दिने सबैमा पून: हार्दिक धन्यवाद व्यक्त गर्दछ

    प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मन्च नेपाल परिवार

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु