दुई दिनमा १७ हजारले गरे फर्निचर एक्स्पोको अवलोकनएनआरएनए अध्यक्षमा रविना थापाको उम्मेदवारी घोषणाआज असोज १२ गते शुक्रबार :कस्तो छ तपाईंको दिन ? हेर्नुस राशिफलनेपाल डेरी एसोसिएसनको २३ औं वार्षिक साधारणसभा धनगढीमा हुने ""नेपाल डेरी एसोसिएसनको टिमले बंगलादेशको भ्रमण""परदेशका नेपाली स्वदेशमा फर्कन चाहन्छन त ?"आज इन्द्रजात्रा, काठमाडौं उपत्यकामा सार्बजनिक बिदासस्तोमा श्रम बेच्न बाध्य नेपालीलाई उचित पारिश्रमिक दिलाउन सातै प्रदेशमा स्कील तथा भोकेशनल एजुकेशन सीपमूलक कार्यक्रमएसियाली खेलकुदफर्निचर फर्निसिङका उत्पादनको कुम्भ मेला ‘फर्नेक्स २०२३’ सुरु, एकै छानामुनी सयौं उत्पादन

गन्तव्य नेपालको आयोजनामा कोरोना डिफेन्स अवार्ड २०२० सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ श्रावण २ गते, शुक्रबार १८:२५

काठमाडौं, २ साउन । गन्तव्य नेपालले कोरोना महामारीसँग जुध्न समाजका विभिन्न क्षेत्रमा क्रियाशील रहेर योगदान पुर्याएका १७ जनालाई कोरोना डिफेन्स अवार्ड २०२० ले सम्मानित गरेको छ । आज नक्साल हात्तीसारस्थित अरण्य बुटिक होटलमा आयोजित अवार्ड वितरण कार्यक्रममा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई, संघीय सांसद बहादुरसिंह लामा, बोधिसत्व विहारका सुप्रिम मास्टर हेगुवाङ शी,अवार्ड छनोट समितिका संयोजक रामशरण थपलियासँगै गन्तव्य नेपाल ग्रुपका अध्यक्ष शिव अधिकारी अविरलले देशभरबाट छनोटमा परेका १७ सामाजिक अभियन्तालाई अवार्ड प्रदान गरे ।

यसअघि, अवार्ड पाउने व्यक्तित्वहरुको छनोटका लागि नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य रामशरण थपलियाको संयोजकत्वमा नेपाल एयरलाइन्सका सञ्चालक समिति सदस्य फुर्वा ग्याल्जेन शेर्पा, वरिष्ठ पर्यटन व्यवसायी गोपाल बाबु श्रेष्ठ, रसुवा–नुवाकोट पर्यटन समाजका अध्यक्ष बलराम न्यौपाने र रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमला सम्मिलित पाँच सदस्यीय अवार्ड छनोट समिति गठन गरिएको थियो ।

कार्यक्रममा ‘नेपाल लकडाउन फुड च्यारिटी’ सञ्चालन गरी जारी महामारीबीच ५ लाखभन्दा बढीलाई निःशुल्क खाना खुवाएको र देशभरका विभिन्न अस्पताल, स्वास्थ्य केन्द्र, कारागार, सुरक्षाकर्मी, पत्रकार लगायतलाई स्वास्थ्य सामग्री वितरण गरेको बोधिसत्व विहारका सुप्रिम मास्टर ताइवानी नागरिक हेगुवाङ शीलाई ‘हिरो अफ दी कोरोना डिफेन्स अवार्ड–२०२०’ले सम्मानित गरियो ।

यस्तै, महामारीबीच गाउँगाउँमा स्वास्थ्य सामग्री वितरण लगायतका कार्यमा उल्लेख्य योगदान गरेका नेपाल–मुम्बई चेम्बर अफ कमर्सका उपाध्यक्ष रमेशकुमार पाठकलाई ‘कोरोना डिफेन्स अचिभमेन्ट अवार्ड’ र सेभेन समिट ट्रेक्स प्रालिका अध्यक्ष मिग्मा शेर्पालाई ‘कोरोना डिफेन्स नोबेल अवार्ड’ प्रदान गरियो । अन्य १४ सामाजिक व्यक्तित्व ‘कोरोना डिफेन्स अवार्ड–२०२०’ बाट सम्मानित भए ।

यसरी सम्मानित हुनेमा कामपा वडा–३ का वडाध्यक्ष दीपक केसी, पर्यटन व्यवसायीहरु तेजेन्द्र शर्मा पौडेल, गीता गुरुङ, कमला गुरुङ, रमेश गौतम, फुरी कितार शेर्पा, सन्तोष राई, सामाजिक अभियन्ताहरु क्याप्टेन रमेश श्रेष्ठ, हिरा पाण्डे, दिलबहादुर तामाङ, सुमन कार्की, पत्रकारहरु रामजी बगाले, शिव देवकोटा, फोटो पत्रकार तेजबहादुर बस्नेत छन् ।

अवार्ड वितरणपछि बोल्दै कार्यक्रमका प्रमुख अतिथि पूर्वप्रधानमन्त्री डा। भट्टराईले महामारीका बीच सरकारले निभाउन नसकेको भूमिका निजी वा संस्थागत तहबाटै निर्वाह गरेकोमा अवार्ड पाउने अभियन्ताहरुलाई धन्यवादसहित बधाई दिए । सम्मान गरेर अभियन्ताहरुको हौसला बढाउने गन्तव्य नेपाल ग्रुप र अध्यक्ष शिव अधिकारी अविरलप्रति उनले विशेष आभार प्रकट गरे । यतिखेर सिंगो देशले रोग र भोक दुवैसँग उत्तिकै लड्नुपर्ने अवस्था आइपरेको भन्दै डा। भट्टराईले रोगसँग डराएर घर बस्दा भोकले मरिने र भोकलाई जित्न बाहिर निस्किँदा रोगले मरिने खतरा रहेको यो संवेदनशील घडीमा निकै संयमित र होसियार भएर सावधानीका उपाय अपनाउँदै पेसा–व्यवसायमा फर्किन व्यवसायीहरुलाई सुझाव दिए ।

यस्तो संवेदनशील अवस्थामा पनि कुर्सीको चक्करमा रुमल्लिएर समय बर्बाद गरेको भन्दै भट्टराईले सरकारको आलोचना गरे । कार्यक्रमका विशेष अतिथि बहादुरसिंह लामाले महामारीसँग जुध्ने अभियानमा उल्लेख्य योगदान गरी अवार्ड प्राप्त गरेका अभियन्ताहरुलाई बधाईसँगै धन्यवाद दिए भने अवार्ड आयोजना गरेर सामाजिक क्षेत्रमा केही गर्छु भन्नेहरुको हौसला बुलन्द गर्ने गन्तव्य नेपालप्रति विशेष आभार प्रकट गरे ।

हिरो अफ दी कोरोना डिफेन्स अवार्डबाट सम्मानित बोधिसत्वका मास्टर हेगुवाङ शीले संयोगवश आफू नेपाल आएका बेला लकडाउन भएकाले यतै अड्किएको भए पनि लकडाउनभरि बुद्धको जन्मभूमिमा रहेर मानवीय सेवामा सक्रिय रहन पाउँदा ज्यादै खुसी लागेको भन्दै यो संयोगलाई आफूले बुद्धकै आशीर्वादका रुपमा लिएको बताए ।

आयोजक गन्तव्य नेपाल ग्रुपका अध्यक्ष शिव अधिकारी ‘अविरल’ले गन्तव्य नेपालले यसअघि पनि समय–स न्दर्भअनुकूल व्यवसायी प्रोत्साहन, पत्रकार सम्मान लगायतका कार्यक्रम गर्दै आएको स्मरण गर्दै जारी महामारीबीच कोरोना प्रतिरोधी अभियान नै चलाएर स्वास्थ्य सामग्री वितरण लगायतका कार्य गर्दै आएको र कोरोना डिफेन्स अवार्ड यसैको निरन्तरता रहेको बताए । अझै पनि थुप्रै काम गर्न बाँकी रहेको भन्दै उनले आफ्नो कोरोना प्रतिरोधी अभियान निरन्तर जारी रहने र यस्ता अवार्डका कार्यक्रमहरु प्नि गर्दै जाने प्रतिबद्धता व्यक्त गरे । सामाजिक क्षेत्रमा उल्लेख्य योगदान गरेर अवार्ड प्राप्त गर्न सफल अभियन्ताहरुलाई उनले बधाईसँगै धन्यवाद दिँदै उनले जिम्मेवारीपूर्वक आफ्नो कार्य सम्पन्न गरेकोमा अवार्ड छनोट समितिका संयोजकसहित सदस्यहरुलाई विशेष धन्यवाद ज्ञापन गरे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु