ललन कुमार चौरसिया
श्रवण ३ रौतहट ।।
रौतहट अन्तर्गत मौलापुर नगरपालिकाकी नगर प्रमुख लोकप्रिय मेयर रिना कुमारी साहले आज आफ्नो नगरपालिकामा प्रत्येक परिवारलाई आ – आफ्नो घर आँगनमा अनिवार्य रुपमा Green city बनाउनका लागि विरुवा रोप्नुपर्ने डोल सहित फलफूलको विरुवा वितरण गरिएको छ।
यस अगाडि नगरको सौन्दर्य करण बदाउन मुख्य सड़ककिनारमा अशोक लगायतका विरूवा संगै सार्वजनिक स्थानहरूमा छहरी एवं सौन्दर्य वढाउने जातको विरुवाहरू समेत लगाउने कार्य अगाडि वढाईसकेको छ।
खास गरि घर आँगनमा सौन्दर्य बढाउन छहरी दिने र फल समेत पाउँने सोच सहित वडा न. ५ मा झण्डै १ हजार घर परिवारलाई २/२ वटा डोल सहित २ हजार फलफूलको बिरुवा वितरण गरिएको छ। बिरुवाहरू नाम ५०० आप बिरुवा २०० लिचीको बिरुवा १२५ कटहल, १२५ अम्वा, १०५ अशोक, १०० वकायना, ५ समे, १०० अमाला, र २०० कागती लगयात जम्मा २००० हजार बिरुवा बितरण गरिएको छ।