काठमाडौं ।साउनको पहिलो हप्ता शुक्रवार ‘रुँदारुँदै हाँसेको मान्छे’बोलको गीत सार्वजनिक भएको छ। ‘रुँदारुँदै हाँसेको मान्छे’ बोलको गीत सामाजिक सञ्जालबाट सार्वजनिक भएको हो।

ऊत्त गीतमा सागर संसार राईको स्वर र राजु कार्कीको मिक्सिङ रहेको छ।
लक्ष्मी बर्देवा र जिवन भट्टराईले केही समय अघि अगाडी मात्र जेल पनि सहुँला गीतमा अभिनय गरेका थिए । जुन गीत निकै चर्चित बनेको थियो ।
यी रियल जोडि पुन एक पटक रिल जोडिको रुपमा देखिएका छन् ।
सेन्टीमेन्टल गीतमा प्रेमिल जोडिलाई प्रस्तुत गरेका छन् । गीतमा शब्द गोपाल चन्द्र राई र सङगीत बिक्रम राईकोे रहेको छ।
यस गीतको निर्देशक लक्ष्मी बर्देवा र जिवन भट्टराई स्वयमले गरेका छन् ।
बुद्ध थापाले छाँयाकन गरेको भिडीयोलाई बिस्नु खड्काले सम्पादन गरेका छन्।
भिडीयो :