• महाभारत को युद्ध जस्तो मेरो प्रथम रजस्वला

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ३ श्रावण २०७७, शनिबार २१:५५

    तारा भट्टराई ।

    मेरो नितान्त ब्यक्तिगत जिवनको आफनै भोगाइ र अनुभव हो।कसैको जिवन सँग मेल खान गएमा संयोग मात्र हुने छ।

    मनको वेदना खोल्न बाहेक कहाँ भुल्नु सक्छु र म महाभारत को युद्ध जस्तो मेरो प्रथम रजस्वला,त्यो अबोध पनको जिद्दी थियो भनौं। या मैले परिवर्तनको सपना देख्नै जानिन ।चौध बर्ष पुरा नहुदै आमा बन्न लागेका साथिहरु लाई रोक्ने सोचमा,जनचेतना फैलाउछु भन्दै छाउ गोठमा ,हिमाली तनले ठण्डा वरफ जमेका मुटुहरु दनदनी बलेको तातो आगोले सेक्दै बसेका मेरा दौतँरी साथिहरुको खोजमा,खुब हिन्थे म असल राज्य मा खराब नियति भएका नेता जस्तै,परिवर्तन आफु बाट सुरुवात गरौ भन्ने नारा लिएर।जति बेला म न त छाउ गोठमा एक पटक रक्ताम्य भएकी थिए नत हुम्लाको अागन छोडेर कतै टाढा गएकी थिए।

    भन्न त भन्थे साथिहरु ले “अचानोको पिर खुकुरी ले जान्दैन” हाम्रो स्थान तिम्ले पनि लिनेछौ एक दिन अनि आफैले पाउनेछौ गहिरो अध्ययन अनि मात्र आएर हामीलाई सिकाउनु,न भन्दै दश कक्षा सकिन्न लाग्यो।सोह्र बर्ष के पुग्न लागेकी थिए,एक दिन अचानक मेरो सुरुवाल रक्ताम्य देखिन लाग्यो। मेरो छुई प्रथाको अन्त्य गर्छु भन्ने संकल्प प्रधानमन्त्री ज्युको “सुखी नेपाल समृद्ध नेपाल संकल्प भन्दा कम्ती थिएन ।देश धनी भएर के गर्नु पेट गरिब भएपछि ,राति निद्रा बाट बिउझिदा सातो पुत्लो उडाउने सुसाहट सुनिन्छ ,कर्णालीको तर बिडम्बना गाउँ बस्तीमा लगभग साठी वटा घरधुरीको दैनिक उपभोग्य धारा जम्मा दुईवटा त्यो पनि निक्कै टाढा सरसफाइ गर्न निक्कै कठिन,म सँग भएको एकसरो लुगा निर्थुरुक्कै रक्ताम्य भैसकेको थियो ।

    फेरि त्यही दिन घरमा पाहुनाहरु आईपुग्नु भएको रहेछ।पाहुना घर बाट नजाउन्जेल तिन घण्टा ट्वाईलेट मा बसेको कहाँ भुल्न सक्छु र म जब ट्वाईलेट बाट हत्तासिएर हातगोडा कमाउदै घर भित्र छिरे कस्लेपो देख्ने हो मेरो रक्ताम्य शशरिर,”छाउपडी प्रथाको अन्त्य गरौं भन्ने तालिममा कत्ति सजिलै भन्नु हुन्थ्यो सरले पिरियडको टाईममा सरसफाइ मा ध्यान दिने आफै बाट अन्त्य गर्ने “भनेको कुरा पनि कानमा गुञ्जि रहन्थ्यो।फेरि म छुइहुनु पुर्व नै मेरो समाजको वरिपरि मौलाई रहेका छाउपडी प्रथा ,बालविवाह जस्ता विकृतिहरुको अभियान मा लागेकि मान्छे म।अब मैले नै गोठमा गएर बस्नु पर्दा के भन्छन् होला,मैले परिवर्तनको ज्ञान दिएका साथि हरु मेरो शरिर त एकछिन परकम्पित हुन्थ्यो।


    कति खेर घरकाले थाहा पाएर अलक्षिनि भन्दै गोठमा निकाल्ने हुन,कति खेर समाजका ले देखेर कलंक को टिका लगाई दिने हुन,नभनौ भने पहाडी जिवन घासपात घरायसी काम गर्न निकै कठिन अब मैले कसो गरौ!सरसफाइ गर्न पनि निकै गाह्रो धारामा जाउ भने खासखुस गाईगुइ गर्ने हरुजति त्यहीँ हुन्थ्ये।धेरै टाढा खोलामा पुग्न कहाँ फुर्सद हुन्थ्यो र म किसानको छोरी लाई।त्यो दिन आमा सँग सञ्चो छैन भन्दै झुट बोलेर खाना बनाएर बस्ने निधो गरे।कम्मरमा रुमाल बेरेर खाना जेनतेन बनाए,तर केही छिन पछि पिरामा बसेर खाना पस्किन लाग्दा त पिरा रात्तै भएको देखे ।लौ न,पर्यो फसाद!अब मैले कसरी त्येसको समाधान गरौ।म कसरी खाना पस्केर घर धन्दा सक्काउ साच्चै नढाटी भन्नु पर्दा त्यो दिन त्यो रक्तमय शरिर पसिनाले नुहाएकी थिए।
    स्कुलमा त झनै मैले कसरी जानु बाटोमा धामी,झाक्री हरु पनि भेट्टिन्थ्ये।देवी देउताका थान हरु पनि भेट्टिन्थ्ये।फेरी स्कुलमा अलिकति छुस्स थाहा पाउदा हाँसी मजाक उडाउने साथिहरुको पनि कमी थिएन।यो त थियोे पहिलो दिनको कुरा यसरी नै गाँ‌वा भित्रका मेरा पाँच दिन कसरी बिताए होला ।एक छिन आफै त्यो ठाउँमा रहेर कल्पना गर्नुहोस् त?

    दश कक्षा सक्काएर विस्तारै SEE पनि दिए।त्यस पछि मैले दुई पटक मात्र छाउपडी प्रथा सँग लड्नु पर्यो।त्यसपछि राजधानी ले भिक्षा दिएर पठाएको कर्णाली बाट गुणस्तरीय उच्च शिक्षा हासिल गर्न भनेर सहर तिर छिरे।केही समय सहरिया परिवेशमा घुलमिल हुदै गएपछि जब सञ्चारका ढोकाहरु खोल्दा छाउपडी प्रथा विरुद्धका धेरै डकुमेन्ट्री हरु देखे,धेरै परिवर्तनकारी हरु पनि देखे।मनमनै धिक्कार्न मन लाग्यो ति परिवर्तन कारी हरुलाई देखेर ,न त उनिहरु कर्णाली का छोरी बुहारी भएर एकपटक गोठमा बसेका छन,न त त्यहाँका पुर्खा हरुसँग गोठमा राख्नुको रहस्य बुझेका छन।माटो र गोबर ले पोतिएका स साना हिमाली छाप्रोमा,त्यसमाथि सरसफाईको अत्यन्तै कमी त्यो रक्ताम्य अवस्थामा सँगै एउटै भान्सामा बस्दाको हालत कति कष्ठकर हुन्छ होला।

    यो स्वयम मेरो व्यक्तिगत भोगाइ र अनुभव थियो।किनकी म पनि त्यो समाजका त्यस्ता धेरै पात्रहरू मध्ये एउटा विचित्र पात्र थिए। जब म एक बर्ष पछि दशै तिहारको मौका पारेर सहर बाट घर फर्किन लागे यत्ति कुरा बुझिसके पछि खालि हात गाउँ फर्किन यो मनले मानेन।म पनि आबद्ध भएको एउटा सामाजिक संस्था माया घर नेपाल लाई सेनिटरी प्याट तथा पेन्टी हरु उपलब्ध गराउन अनुरोध गरे। उहाँ हरुले सजिलै उपलब्ध गराई दिनु भयो।त्येसपछि लामो यात्रामा घर पुगाउन निकै कठिन भयो।मुगु सम्म त गाडी जेनतेन पुग्यो ।दुई दिनको पैदल यात्रा पछि हाम्रो घरमा पुग्यौ,चंङ्खेली हुम्ला ।
    जब मैले मेरो गाउँ र स्कुलमा “छाउपडि प्रथाको अन्त्य हैन समाधान गरौ”भन्ने कार्यक्रममा सेनिटरी प्याड प्रयोग गर्न सिकाए र वितरण पनि गरे।केही आफन्त र साथिहरुले म माथि प्रश्न पनि गरेका थिए। के एक दुई पटक तपाईं ले वितरण गरेको प्याडले सधै भरिका लागी यो समाधान हुन्छ र?मलाई मेरी गुरुआमा ले ज्ञान दिनुभएको थियोे “कसैलाई एकछाक टन्न खुवाउनु भन्दा उस्लाई खान सिकाउनु नै महानता हो” यही जवाफ उनिहरु लाई दिए ।
    छाउपडी प्रथाको अन्त्य हैन,समाधान को पहिलो सुरुवात थियो।रजस्वला सृष्टिको वरदान हो ।यसको अन्त्य स्वयम ब्रह्मा जी ले पनि गर्न सक्नु हुन्न।सृष्टि त कसरी चल्ला र?जसविना एउटा स्त्री को स्त्रीत्व पनि पूरा भएको मानिदैन ।तसर्थ छाउगोठ भत्काउदै हिड्नु भन्दा सामुदायिक हस्पिटल मा सेनिटरि प्याड उपलब्ध गराउ छाउपडी प्रथाको अन्त्य हैन समाधान गरौ।।🙏🙏🙏
    ,

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु