• धामीको नयाँ गीत औंसी रातैमा” सार्वजनिक

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ४ श्रावण २०७७, आईतवार ०५:०४

    काठमाडौँ – गायक सज्जन धामीको नयाँ गीत सार्वजनिक भएको छ। शुक्रबार सार्वजनिक “औंसी रातैमा” बोलको गीतमा सज्जन धामी र सरस्वती शाहीको सुमधुर आवाज रहेको छ। गीतमा शब्द तथा संगीत सज्जनकै रहेको छ।
    पछिल्लो समय बजारमा आइरहेका लोकदोहोरी गीतहरू मध्य फरक खालको मेलोडियस रहेको यो गीत माया प्रेममा आधारित रहेको छ। गीतको अडियो एकदम उत्कृष्ट बनेको छ।
    गीतको अडियोसंगै भिडियो पनि त्यतिकै आकर्षक बनेको छ। भिडियोमा मोडल रिचा थापा, मिलन रोकाय, हरि थापा र सज्जन धामी फिचर्ड छन् । बिक्रम चौहानले निर्देशन गरेको भिडियोलाई प्रकाश खड्काले उत्कृष्ट तरिकाले खिचेका छन् । भिडियो आकर्षक लोकेशनमा खिचिएको छ एस भिडियोलाई मिलन बिश्वकर्माले सम्पादन गरेका छन् ।
    गीतको सज्जन धामीको अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको हो।
    हेर्नुस् भिडियो

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु