दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

नेकपाको स्थायी कमिटी बैठक आज बस्दै

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ श्रावण ४ गते, आईतवार ११:५१

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक आज बस्दै छ। पटकपटक स्थगित हुँदै आएको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो ३ बजे बस्ने भएको हो।

गत असार १० गते सुरु भएको बैठकमा समसामयिक विषयहरु छलफलको एजेण्डा बनाइएको भए पनि सुरुमै प्रधानमन्त्रीको राजीनामा माग हुँदा पार्टीमा विवाद उत्पन्न भएको थियो। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताहरु माधव नेपाल, झलनाथ खनाल लगायतले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको दुबै पदबाट राजीनामा माग गरेका थिए।

ओली कुनै पनि हालतमा राजीनामा नदिने अडानमा रहेपछि पार्टीभित्र लामै समयसम्म विवाद चलेको थियो। विवाद समाधानका लागि पटकपटक दुई अध्यक्षबीच छलफल हुँदै आएकोमा हिजो सचिवालय बैठक बसेको थियो। सचिवालय बैठकमा ओलीले आगामी मंसिरमा पार्टीको महाधिवेशन गर्ने प्रस्ताव राखेपछि नेकपामा जारी विवाद केही हदसम्मका लागि टरेको छ। ओलीको महाधिवेशनको प्रस्तावमा अर्का अध्यक्ष प्रचण्डले सहमति जनाएका छन्।

आजको स्थायी कमिटी बैठकमा आन्तरिक विवाद समाधान तथा पार्टी एकताका बाँकी कामबारे छलफल हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। पार्टीको अन्तर विवादमा अझै छलफल गर्ने र एकतालाई रक्षा गर्ने तथा सरकारले जनादेश अनुसार काम गर्ने विषयमा स्थायी कमिटी बैठकमा थप छलफल हुने श्रेष्ठले बताए। हिजो सचिवालय बैठक सकिनासाथ दुबै अध्यक्ष राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास पुगेका थिए।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु