विश्वका विभिन्न १४ मुलुकमा १६० नेपालीको कोरोना सङ्क्रमणका कारण मृत्यु

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ श्रावण ४ गते, आईतवार १२:४६

काठमाडौँ, साउन ४ । विश्वभर महामारीको रूपमा फैलिएको कोभिड–१९ बाट विदेशमा १६० नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार बितेका सात दिनमा कतारमा आठ, कुवेतमा तीन र संयुक्त अरब इमिरेट्समा पाँच जनाको मृत्यु भएको छ । शनिबार साँझसम्म विश्वका विभिन्न १४ मुलुकमा १६० नेपालीको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको जनाउँदै सङ्घले २८ हजार ६८१ जना अर्थात् ९३ प्रतिशत सङ्क्रमणमुक्त भएका बताएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु