• आज सुनको मुल्य ३०० रुपैयाँ बढ्यो

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ४ श्रावण २०७७, आईतवार १७:०७

    काठमाडौ, ४ साउन । नेपाली बजारमा आज सुनको मुल्य ३०० रुपैयाँ बढेको छ । शुक्रबार ९२ हजार २ सय रुपैयाँ पुगेको सुनको मुल्य आइतबार ३०० रुपैयाँले बढेको हो ।

    आइतबार छापावाल सुनको मुल्य प्रतितोला ९२ हजार ५ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९२ हजार ६५ रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै शुक्रबार ९ सय ९५ रुपैयाँ पुगेको चाँदीको मुल्य आज १० रुपैयाँले बढेर १ हजार ५ रुपैयाँ पुगेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु