• आज थप १५६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १७ हजार ६५८ पुग्यो

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ४ श्रावण २०७७, आईतवार १७:३९

    काठमाडौं । नेपालमा आइतबार थप १५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १७ हजार ६५८ पुगेको छ ।

    ५ हजार ९२३ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ३ हजार १४७ जनाको परीक्षण गरिएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

    पछिल्लो २४ घण्टामा थप ५८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ११ हजार ६९५ पुगेको छ ।

    उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

    मन्त्रालयका अनुसार हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४० पुगेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु