नेकपाको स्थायी कमिटी बैठक श्रावण ६ गते ११ बजेसम्मका लागि स्थगित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ श्रावण ४ गते, आईतवार १८:०७

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज बस्ने भनिएको स्थायी कमिटी बैठक फेरी स्थगित भएको छ ।

ज दिउसो ३ बजे बस्ने तय भएको स्थायी कमिटी बैठक श्रावण ६ गते ११ बजेसम्मका लागि स्थगित भएको छ ।

पार्टी कार्यालयका सचिवद्वय श्रीराम ढकाल र इश्वरी रिजालले विज्ञप्ति जारी गरेर आजको बैठक स्थगित भएको जानकारी दिएका छन् ।

गत असार १० गतेबाट सुरु भएको नेकपाको स्थायी कमिटी बैठक असार २६ गतेदेखि पटक पटक गरेर ६ पटक स्थगित भइसकेको छ ।

यस अघि शनिबार बसेको सचिवालय बैठकले आइतबारको स्थायी कमिटी बैठक जारी राख्ने निर्णय गरेको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु