• तिमीलाई भेटेपछि बोलको गीत सार्वजनिक

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ४ श्रावण २०७७, आईतवार २२:४३

    काठमाडौ । तिमीलाई भेटेपछि बोलको गीत सार्वजनिक भएको छ । तिमीलाई भेटेपछि बोलको गीत सामाजिक सञ्जालबाट सार्वजनिक भएको हो ।

    सुमन केसीको स्वरमा रहेको आधुनिक गीत तिमीलाई भेटेपछिको भिडियोमा अनिल अधिकारी, स्वीकृति ढुंगेल र प्रकाश अधिकारीले अभिनय गरेका छन् ।

    लेखु सहयात्रीको शब्द तथा शंकर स्माइल संगीत रहेको गीतको भिडियोले अहिलेको प्रेमलाई दर्शाएको छ ।

    जहाँ गितलाइ पानदिरा राईले एरेन्ज गरेका छन् । गायक केसीले सबै गीतहरुमध्ये बढि आशा गरेको गीत तिमीलाई भेटेपछि रहेको बताएका छन् ।

    भिडियोमा महेश वाग्ले को ड्रोन तथा भिम बिश्वकर्मा को सम्पादन रहेको छ भने सुबास अमगईले रंग संयोजन गरेका छन् । गीतको छायांकन तथा निर्देशन सरोज अधिकारीले गरेका हुन् ।

    भिडियो :

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु