प्रकाश सपुत लाइभ इन कन्सर्ट' अष्ट्रेलियाको सिड्नीमा हुँदैएसियाली खेलकुद क्बड्डीमा नेपाल सेमिफाइनलमावीरजंङ्ग स्मृति खुल्ला पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता’ को तयारी पूरा, पुलिस क्लबसहित नौ वटा टिम सहभागी हुनेविज्ञानका उत्कृष्ट शोधार्थी विद्यार्थी लाई अनुदाननेपाली फुडगुरू सुरेश चन्द्र बस्नेत गोल्डेन ह्याट अवार्ड बाट सम्मानितहेर्नुहोस् आज मिति २०८० साल असोज १७ गते बुधबारको राशिफलविश्व दौडाहामा रहेका एनआरएनए उपाध्यक्षको उम्मेदवार केसीलाई हङकङमा भव्य स्वागतएमसीसीका सिइओ एलिस अलब्राइट र अर्थमन्त्री डा. महतबीच शिष्टाचार भेटबडादशैंको साइत सार्वजनिककक्षा ११ र १२ को परीक्षा कहिले?

करेलाबाट कस्तो स्वास्थ्य लाभ मिल्छ त ?

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ श्रावण ४ गते, आईतवार २३:२६

काठमाडौ ।अहिलेको मौसमी तरकारी करले । तीतो–टर्रो करेला अधिकांशलाई मीठो लाग्छ । मीठो मात्र हो र ? करेला आफैमा पोषक तत्वले भरिपूर्ण तरकारी पनि हो । यसमा प्रोटिन, क्याल्सियम, कार्बोहाइड्रेट, फस्फोरस, भिटामिन आदि तत्व पाइन्छ । मधुमेह, उच्च रक्तचाप जस्तो दीर्घ रोगमा पनि उत्तिकै लाभदायक हुन्छ करेला ।

त्यसो त करेलालाई थरीथरीको स्वादमा बनाएर खान सकिन्छ । भुटेर, झोल हालेर, अचार बनाएर । स्वाद अनुसार जसरी सेवन गरेपनि हुन्छ । यद्यपि करेला मीठो बनाउने चक्करमा धेरैले यसको पोषक तत्व नष्ट गर्छन् ।

अधिकांशले करेलालाई तेलमा तारेर खान्छन् । डिप फ्राइ गरेर करेला खाने गरिन्छ । तर, यसरी तयार गर्दा करेलामा रहेको पोषक तत्व नष्ट हुन्छ । करेलालाई उसिनेर सेवन गर्नु एकदमै लाभदायक हुन्छ । तपाईंलाई लाग्न सक्छ, उसिनेर पनि यसको स्वाद हुन्छ रु

उसिनेको करेलालाई साँधेर खान सकिन्छ । यसको अचार निकै स्वादिलो हुन्छ । त्यसो त करेलाको जुस पनि उत्तिकै उपयोगी हुन्छ ।

यसरी स्वस्थ्यकर ढंगले सेवन गर्दा करेलाबाट कस्तो स्वास्थ्य लाभ मिल्छ त ?
१.कलेजोको रोगीलाई करेला सेवन लाभदायक हुन्छ ।

२.करेलाले रगत सफा गर्छ । साथै हेमोग्लोबिन बढाउँछ ।

३ं.करेलले पाचनशक्ति दुरुस्त राख्छ, भोक जगाउँछ ।

४.दमको बिरामीले करेलाको सेवन गर्नु राम्रो हो ।

५. करेलाको रस कागतिमा मिसाएर पानीसँग पिउदा तौल नियन्त्रण हुन्छ ।

६ .करेला चिसो हुन्छ । त्यसैले गर्मीबाट पैदा हुने रोगीका लागि यस

ले राम्रो काम गर्छ ।

७.कफको रोगीले करेला सेवन गर्नुपर्छ ।

८.मधुमेहका लागि पनि करेला रामबाण हुनसक्छ । यसले सुगर लेभल नियन्त्रण गर्छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु