‘तस्वीरमा ज्येष्ठ नागरिक’ फोटो प्रदर्शनी (फोटो फिचर)हेर्नुहोस् आज मिति २०८० साल असोज १४ गते आइतबारको राशिफलगीति कविता : मैले तिमीसँग किनआईसीएमए नेपाल च्याप्टरद्वारा ६६ जना सीएमए डिग्री हासिल गरेका विद्यार्थी दिक्षीतसमाजबाट दुव्र्यसनलाई कसरी न्युनिकरण गर्न सकिन्छ भन्ने बिषयमा छलफलमाओवादी केन्द्रबाट बारपाक सुलिकोट गाउँपालिका स्तरीय रिटर्नी सेन्टर संगठन गठनप्रज्ञापारमिता स्थापनाको १३ औं बार्षिक उत्सवहाडजोर्नी तथा नसा रोगबारे लेखिएको ‘अर्थोपेडिक प्राक्टिस ईन नेपाल’ पुस्तक भविष्यमा सिद्धान्तको रुपमा विकास हुने डा. लामिछानेको दाबीBishal Milan Kendra vs. Tribhuwan Army Club: An Epic Battle Ends with Tribhuvan Army Club Emerging Victoriousरोयल इनफिल्डको Hunter Hertiage Ride 2023 आयोजना

विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ४६ लाख बढी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ श्रावण ५ गते, सोमबार १२:२६

काठमाडौं, ५ साउन । विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ४६ लाख नाघेको छ । वल्डोमिर्टसको अपडेट अनुसार विश्वभर पछिल्लो २४ घण्टामा २ लाख २० हजार भन्दा वढी संक्रमित थपिएसँगै संक्रमितको कुल संख्या १ करोड ४६ लाख नाघेको हो ।

यसैगरी पछिल्लो २४ घण्टामा विश्वभरमा ४ हजार ३ सय संक्रमितले ज्यान गुमाउँदा मृत्यु हुनेको कुल संख्या ६ लाख ८ हजार २ पुगेको छ । विश्वका विभिन्न मुलुकमा ५२ लाख वढी संक्रमित उपचाररत रहेका छन्, जसमा झण्डै ६० हजार संक्रमितको अवस्था गम्भीर अवस्थामा रहेका छन् भने हालसम्म विश्वभर ८७ लाख ३५ हजार निको भएको वल्डोमिर्टसले जनाएको छ ।

पछिल्लो २४ घण्टामा सवैभन्दा धेरै संक्रमित अमेरिकामा ६५ हजार २ सय ७९ जना थपिएका छन्। अमेरिकामा ३८ लाख ९८ हजार वढी संक्रमित मध्ये १ लाख ४३ हजारले ज्यान गुमाउँदा १८ लाख वढी निको भएका छन् । ब्राजिलमा २४ हजार ६ सय जना थपिदाँ संक्रमितको संख्या २१ लाख पुगेको छ ।

जसमध्ये ७९ हजारले ज्यान गुमाएका छन् भने १३ लाख ७१ हजार निको भएका छन् । भारतमा ४० हजार नयाँ संक्रमित थपिदा संक्रमितको संख्या ११ लाख नाघेको छ जसमध्ये साढे २७ हजारले ज्यान गुमाए भने ७ लाख निको भएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु