८६ बर्षिया ज्योती कोईरालाको लोपोन्मुख गितहरुको संग्रहको विमोचनआज १३५औ अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात मे दिवस्हेर्नुहोस् आज २०८१ साल वैशाख १९ गते बुधबारको राशिफलमहाभारतका ६६ जनाको निःशुल्क मोतिविन्दुको शल्यक्रिया सम्पन्नबाल पोषण भत्ता र दिवा खाजा कार्यक्रम विस्तार गर्न सरकार प्रतिबद्ध छ: मन्त्री चौधरीइलाम २ को उपनिर्वाचनमा नेकपा (एमाले) का उम्मेद्वार सुहाङ नेम्वाङ विजयी'आयोग आएपछि जलविद्युत् परियोजना सञ्चालनमा थप सहजीकरण भएको छ' :दिल्ली बहादुर सिंह -अध्यक्ष, विद्युत नियमन आयोगलुम्बिनीलाई क्रिकेट उपाधितीन दर्जन बढी मानिसहरू नेसपामा प्रवेश, बाबुरामले के भने?आर्मी र गण्डकी राष्ट्रिय महिला हक्कीको फाइनलमा

भदौ १ गतेदेखि आन्तरिक तथा अन्तरराष्ट्रिय उडान खुला

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ श्रावण ५ गते, सोमबार २१:२१

काठमाडौं – सरकारले आगामी भदौ १ गतेदेखि आन्तरिक तथा अन्तरराष्ट्रिय उडान खुला गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले आन्तरिक तथा अन्तरराष्ट्रिय उडान खुल्ला गर्ने निर्णय गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईका अनुसार उडान सम्बन्धी आवश्यक तयारी तथा प्रोटोकल(कार्यविधि) भने मन्त्रालयले तयार पार्नेछ । आन्तरिक तथा अन्तरराष्ट्रिय व्यवसायिक उडान गत चैतदेखि नै बन्द हुँदै आएको थियो ।

कोरोनाको जोखिम बढ्ने देखेपछि सरकारले सबै आन्तरिक तथा अन्तरराष्ट्रिय उडान बन्द गरेको थियो । आवश्यक तयारी गरेर उडान शुरु गर्ने निर्णय भएसँगै लामो समयदेखि बन्द भएको हवाई यातायात समेत खुल्ला हुने भएको छ । त्यस्तै अहिलेको लकडाउनलाई अझै खुकुलो बनाइने भएको छ । यथास्थितिको लकडाउन साउन ७ गते सकिँदैछ । त्यसपछिको चरणमा लकडाउनलाई अझै खुकुलो बनाइने भएको ती मन्त्रीले बताए । उनले भने ‘त्यसपछिको लकडाउन कस्तो हुने भनेर सरकारका प्रवक्ताले नै नियमित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्नुहुनेछ ।’ साउन ८ देखि सिनेमा घर, लामो दुरीका सवारीसाधन, कलेज, विद्यालय लगायत सीमित केही क्षेत्रलाई बन्द गरी अन्य उद्योग, व्यापार, व्यवसाय सञ्चालनमा थप सहजता मिलाइने भएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु