गोपाल ढकाल ।
मनोसामाजिक समस्या,मनोरोग,आत्महत्या जस्ता समाजका जटिल समस्याहरुलाई न्युनिकरण गर्न जनचेतना अभिवृद्धि गर्नु अहिलेको प्रमुख आबस्यकता हो।यस कुरालाई मध्य नजर गर्दै जनस्तरबाटनै यस अभियानको शुरुबात गरिएको जानकारी गराउछौ । बिश्व मानसिक स्बास्थ्य दिबस २०७३ मनाउने क्रममा,स्बास्थ्य मन्त्रालयमा आयोजित बिशेष कार्यक्रमका बिच तत्कालीन स्बास्थ्य तथा जनसंख्या मन्त्री माननीय गगन कुमार थापाले यो अभियानको शुरुबात गर्नु भएको थियो।
मानसिक स्बास्थ्य क्षेत्रको प्रबर्द्धन , आत्महत्याको रोकथामका लागि सबैको साथ र सहकार्यको जरुरत पर्छ । यो सबैको सरोकारको बिषय बन्नु पर्दछ । मानसिक स्बास्थ्यको क्षेत्रमा काम गर्ने सिमित संघ संस्था र ब्यक्तिको प्रयासले मात्र यो संभव देखिदैन ।
स्बास्थ्य कर्मी , पत्रकार ,कलाकार , शिक्षक, बिधार्थी,उधोगी ,ब्यवसायी, समाजसेवी ,अभियान्ता जस्ता सबै पेश,बर्ग र समुदायका ब्यक्तिहरुले यस अभियानमा आबद्धता जनाउन सक्नु हुनेछ । यहाँहरुले आ -आफ्नो तहबाट आफुले सकेको योगदान यस क्षेत्रको प्रबर्द्धनका लागि स्वैच्छिक रुपमा गर्नुपर्ने हुन्छ ।
अभियानमा प्रवेशका लागि हामीलाई सिधै सम्पर्क गर्न सकिनेछ ।
यहाँहरुले यस अभियानमा संलग्न भई कार्यगर्ने प्रतिबद्धता जनाएसँगै यहाँको नाम र ठेगाना अनुसार अभियान्ताको डिजिटल प्रमाण पत्र प्रदान गरिनेछ ।
जुन हाम्रो अभियानको अफिसियल फेसबुकमा समेत राखिनेछ ।
* अभियानमा आफ्नो दायित्व के के हुन्छ ?
– आफ्नो क्षेत्र र क्षमता अनुरुप अभियानका लागि गर्न सक्ने योगदानको बारेमा सार्वजनिक रुपमै प्रतिबद्ध ब्यक्त गर्नु पर्नेछ।
– यो अभियानमा संलग्न भएको जानकारी आफ्नो प्रमाण पत्र सोसियल मेडियाबाट सार्वजनिक गर्दै सबैमा गराउनु पर्छ। ताकी तपाईंलाई अभियान्ताको रुपमा अरुले चिन्न सकुन र आबस्यकता पर्दा भेटन र सरसल्लाह माग्न सकुन ।
– आफुले गरेको कार्यको अवगत अभियानको फेसबुक पेजमा पोष्ट गरि गराउनु पर्छ । अभियानका गतिविधिहरुलाई धेरै माझ पुर्याउन अभियानको पेज लाईक गर्ने र पोष्टहरु सेयर गर्नु पर्नेछ।
– आफ्नो कारणले अरुलाई नकारात्मक असर नपुगोस भनेर सधै सचेत रहनुपर्छ । मनोसामाजिक समस्या , मानसिक स्बास्थ्यका बिषयमा आफैले ज्ञान बढाउदै लैजानुपर्छ, आफ्नो ज्ञान बढाउन यस बिषयमा विज्ञले लेखेका लेख, अन्तरबार्ता आदि नियमित रुपमा पढने र सुन्ने गर्नुपर्छ ।
– समस्या परेका ब्यक्तिहरुलाई सकेको मद्दत गर्ने उनीहरुको कुरा सुन्ने , उपचारमा सक्दो पहल गर्ने, यस क्षेत्रमा कार्यरत बिज्ञहरुसँग सम्पर्क स्थापित गर्न मद्दत गर्ने ।
– अभियानले गरेका कार्यक्रमका बारेमा बेला बेलामा जानकारी लिईरहने । अभियानले आयोजना गरेका कार्यक्रमहरुमा सहभागी हुने ।
यस अभियानमा लागेपछि के फाईदा मिल्छ ?
– मनोसामाजिक समस्या तथा मानसिक स्बास्थ्यका बिषयमा आफैमा ज्ञान र सचेतना वृद्धि गर्ने मौका मिल्नेछ ।
– मानसिक स्बास्थ्य तथा आत्महत्या रोकथामका बिषयमा बेला बेलामा निशुल्क तालिम प्रदान गरिने छ ।
– सबै भन्दा पछि परेको तर सम्भावना धेरै भएको क्षेत्र भएकोले यसैमा आफ्नो करियर बनाउने अबसर मिल्न सक्छ ।
– उपलब्ध भए सम्म मानसिक स्बास्थ्य र मनोविज्ञान बिषयमा पाठ्य सामाग्री उपलब्ध गराईने छ ।
– सामुहिक रुपमा कार्यगर्ने क्षमताको बिकास हुनेछ । विभिन्न क्षेत्रमा कार्यरत ब्यक्तिहरुसँग परिचित हुने मौका मिल्नेछ।
– यहाँहरुले गरेको कार्यको उच्च मुल्यांकन गर्दै बेला बेलामा सम्मानित गरिनेछ।
– मानसिक रुपमा स्बस्थ र समृद्ध समाज निर्माण गर्ने पबित्र उदेश्य लिएर शुरु गरिएको अभियान भएकाले यसमा जोडिएर कार्य गर्दा पक्कै आत्मसन्तुष्टी मिल्नेछ। तपाईंले गरेको सानो सहयोगको कारणले कसैको जीवन बाँच्न पनि सक्छ । तपाईं कसैको पिडामा मलम पट्टी बन्न पनि सक्नु हुनेछ । सेवा नै धर्म हो ।