गायिका मिना निरौलाको तिज गित ´गण्डकी सली सली` सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ श्रावण ६ गते, मंगलवार ११:१५

काठमाडौँ- चर्चित गीतकार तथा सर्जक बसन्त थापा, सर्जक प्रल्लाद सुबेदी र निर्देशक सुनिल क्षेत्रिको सहकार्यमा मोडल तीज गीत ‘गण्डकी बग्यो सली सली…’बजारमा सार्बजनिक भएको छ ।

गायिका मीना निरौलाको सुमधुर आवाजमा सार्बजनिक भएको गीतको शब्द प्रल्लाद सुबेदीले लेखेका हुन् ।

सुबेदीको शब्द टपक्क टिपेर गीतकार तथा सर्जक बसन्त थापाले गीतको संगीत गरेका छन् । गीतको संगीत संयोजन आशिष अविरलले हरेका हुन् ।
जनता डिजिटल एण्ड फिल्म्सको ब्यानरमा तयार गरिएको उक्त गीतको भिडियोमा मोडल अन्जली अधिकारीलाई देख्न सकिन्छ ।

चर्चित निर्देशक तथा कोरियोग्राफर सुनिल क्षेत्रिको निर्देशनमा तयार पारिएको भिडियोको छायांकन अजय रेग्मीले गरेका छन् ।

भाबगंगा डिजिटल प्रा. लि. म्युजिक कम्पनिले सार्बजनिक गरेको भिडियोको सम्पादन अमृत चापागाईले गरेका हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु