प्रकाश सपुत लाइभ इन कन्सर्ट' अष्ट्रेलियाको सिड्नीमा हुँदैएसियाली खेलकुद क्बड्डीमा नेपाल सेमिफाइनलमावीरजंङ्ग स्मृति खुल्ला पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता’ को तयारी पूरा, पुलिस क्लबसहित नौ वटा टिम सहभागी हुनेविज्ञानका उत्कृष्ट शोधार्थी विद्यार्थी लाई अनुदाननेपाली फुडगुरू सुरेश चन्द्र बस्नेत गोल्डेन ह्याट अवार्ड बाट सम्मानितहेर्नुहोस् आज मिति २०८० साल असोज १७ गते बुधबारको राशिफलविश्व दौडाहामा रहेका एनआरएनए उपाध्यक्षको उम्मेदवार केसीलाई हङकङमा भव्य स्वागतएमसीसीका सिइओ एलिस अलब्राइट र अर्थमन्त्री डा. महतबीच शिष्टाचार भेटबडादशैंको साइत सार्वजनिककक्षा ११ र १२ को परीक्षा कहिले?

बीपी विश्व परिवेशका साथै माटोको स्पन्दन बुझ्ने राजनेताः प्रथम राष्ट्रपति डा. यादव

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ श्रावण ६ गते, मंगलवार १८:१५

काठमाडौं, ६ साउन । नेपालका प्रथम राष्ट्रपति सम्माननीय डा. रामवरण यादवले नेपालका सन्दर्भमा राष्ट्रियता, लोकतन्त्र र समाजवादको परिभाषा गर्ने पहिलो भाष्यकार बी.पी. कोइराला भएको बताउनु भयो ।

बी.पी.कोइरालाको ३८ औँ स्मृति दिवसका सन्दर्भमा सूचना चौतारी सञ्चार सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित हरेकपल डट कमले ‘बिपी विमर्शका बहुआयाम’ विषयमा करिब दुई महिनासम्म गर्ने संवाद, बहस र विमर्शको कार्यक्रमको शुभारम्भ गर्दै यादवले उक्त कुरा बताउनु भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि यादवले बीपी कोइरालाको राजनैतिक, आर्थिक, सामाजिक विचार क्षेत्रमा मात्र होइन, साहित्य सिर्जनाको क्षेत्रमा समेत महत्त्वपूर्ण योगदान रहेको उल्लेख गर्नुभयो । डा.यादवले बी.पी. जस्तो बहुप्रतिभाशाली व्यक्तित्वका अनेक पक्षहरूलाई निरन्तर प्रचारप्रसार गर्नु अति आवश्यक रहेकोमा हरेकपल डट कमले यो अभियान सुरु गरेकोमा खुसी व्यक्त गर्नुभयो ।

उहाँले नेपालमा विलक्षण इनलाइटेन्टमेन्ट भएको व्यक्ति बी.पी. नै भएको बताउँदै कला, जीवन, संस्कृति, सभ्यता, इतिहास, दर्शन, मनोविज्ञानको अध्ययनमा उहाँको गहिरो दख्खल भएको उल्लेख गर्नुभयो । बी.पी.ले अभिव्यक्त गर्नु भएका विचार र सिर्जना गर्नुभएका साहित्यबाट नै बी.पी.को विलक्षणता प्रष्ट हुने बताउनुभयो । ठूलो मान्छे होइन, असल मान्छे बन भन्ने बीपीको चिन्तन गहिरो अध्यययन र इनलाइटेन्टमेन्टको उपलब्धि भएको समेत डा. यादवले बताउनु भयो ।

बी.पी.को छोटो शासनकाल विविध दृष्टिले महत्त्वपूर्ण रहेको स्मरण गर्दै डा. यादवले बीपी विश्व परिवेशका साथसाथै माटोको स्पन्दन बुझ्ने राजनेता भएको बताउनुभयो । साथै उहाँले आज पनि यो मुलुकका निम्ति बी.पी.का विचार उत्तिकै सामयिक रहेको र भविष्यका लागि पनि सान्दर्भिक रहने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो –‘बी.पी. बुझ्नु भनेको लोकतन्त्र बुझ्नु हो, स्वतन्त्रता बुझ्नु हो, समानता बुझ्नु हो, विश्वबन्धुत्व बुझ्नु हो, नेपाल बुझ्नु हो, नेपाली स्पन्दन बुझ्नु हो । बी.पी.को भौतिक शरीरको अवसान भएपछि जन्मिएको पुस्ता अहिले युवा अवस्थामा छ । त्यस पुस्तालाई बी।पी।को बारेमा जानकारी दिनु जरुरी छ । त्यसो त बी.पी. हरेक पुस्ताले अध्ययन गर्नुपर्ने व्यक्तित्व हुनुहुन्छ । उहाँको चिन्तन, साहित्य सिर्जना, व्यवहार र जीवनबाट धेरै कुरा सिक्न सकिन्छ, सिक्नु पर्दछ ।’

उहाँले बी.पी.का कतिपय आयामको अध्ययन हुनै बाँकी रहेको बताउँदै उहाँको पुनर्पठन र पुनर्मूल्याङ्कनको पनि उत्तिकै आवश्यकता रहेको औँल्याउनु भयो ।

कार्यक्रममा हरेकपल डट कमका प्रधान सम्पादक पुरुषोत्तम दाहालले बी.पी. उहाँकै बेला मात्र होइन, यो बेला पनि उत्तिकै सान्दर्भिक रहेको र भोलिका दिनमा पनि उहाँका विचार ताजगी लाग्ने बताउनु भयो । उहाँले बी.पी.का बहुआयामलाई सबै समक्ष पुर्याउन हरेकपलले दुई महिना लामो अभियान सुरु गरकेो जानकारी गराउनुभयो । उहाँले भन्नुभयो– ‘बी.पी. विचारलाई विकसित समाजसँग सँगसँगै लिएर पनि जानुपर्छ र समाजलाई बी.पी.को विचारसँग सँगसँगै डोहोर्याएर पनि लानुपर्छ ।’

कार्यक्रममा प्रा. डा. कुलप्रसाद कोइरालाले बी.पी.को राजनैतिक व्यक्तित्व, स्रष्टा व्यक्तित्व र समाजको अस्तित्वको चिन्तन गर्ने पक्षका कारण उनी अद्वितीय छन् भन्नुभयो ।

कार्यक्रममा मञ्जु काँचुली तिवारीले भन्नुभयो –‘बी.पी.को राजनैतिक विचार, चिन्तन धारणा उहाँको साहित्यमा लुकेर बसेको छ, भित्रभित्र लेखन नसानसामा लुकेर बसेको छ तर पाठक र समालोचकहरूले त्यसलाई देखाउन सकेका छैनन् या भेउ पाउन सकेका छैनन् ।’

कार्यक्रममा समालोचक ज्ञानु पाण्डेले भन्नुभयो – ‘बी.पी.का उपन्यासहरू सबै चरित्रप्रधान छन् र चरित्रलाई उहाँले विचारको कुञ्ज बनाएर, प्रतीक बनाएर अगाडि सार्नु भएको छ । उहाँका हरेक पात्रहरू एकसे एक छन् ।’

कार्यक्रमका सभापति विपिन शर्माले बी.पी.का विचारहरूलाई हाम्रो जीवन र व्यवहारमा लागु गर्नु जरुरी रहेको बताउनुभयो । पहिलो आम निर्वाचनमा विजयी भएपछि बी. पी.ले आफ्नो नेतृत्वमा नयाँ सरकार गठन गरेर १८ महिना मात्र सरकार चलाउनुभयो तर उहाँको शासनकाल अहिलेसम्मकै उत्कृष्ट रहेको शर्माले बताउनुभयो ।

कार्यक्रममा हरेकपल डटकमका सम्पादक तथा नेपाल पत्रकार महासंघका सचिव प्रकाश थापाले प्रसिद्ध राजनितिज्ञ, प्रजातान्त्रिक समाजवादका चिन्तक एवं प्रयोक्ता बी.पी. कोइराला स्वतन्त्र रुपमा उत्कृष्ट साहित्य सिर्जना गरेर नेपाली वाङमयमा नयाँ चिन्तन, नयाँ आयाम, नयाँ परम्परा र शैली दिएर सदाका निम्ति अमर बन्नुभएको बताउनुभयो।

कार्यक्रममा डा. गोविन्दराज भट्टराई, कृष्ण धरावासी, वनमाली निराकार, ज्ञानुवाकर पौडेल, गोपाल भण्डारी, कलानिधि दाहाल, नारायण सापकोटा, गोकुल अधिकारी, डा. रामजी तिमल्सिना, डा. नारायण चालिसे, डा. रत्नमणि नेपाल, गीता रेग्मी, तीर्थराज निरौला, दामु मर्सिफूल, अच्युतराज कट्टेल, सूर्य लाकोजु, पौडेल विमुन्स, पुनम झा, तोयाराज घिमिरे आदिको सहभागिता थियो । कार्यक्रमको सहजीकरण हरेकपल साहित्यका संयोजक मनोजादित्य न्यौपानेले गर्नुभएको थियो ।

‘बिपी विमर्शका बहुआयाम’ कार्यक्रम बी.पी. जयन्ती (भदौ २४) सम्म हरेक बुधबार दिउँसो १ बजे जुम प्रविधि मार्फत सञ्चालन गरिने छ । लकडाउन खुकुलो भएसँगै पहिला पहिला बुधबार हुँदै आएको ‘लकडाउन कला संवाद’ कार्यक्रमको ठाउँमा यो नयाँ कार्यक्रम सुरु गरिएको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु