• आज थप १५० जनामा कोरोना संक्रमण,६०९ जना निको

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ६ श्रावण २०७७, मंगलवार १८:२०

    काठमाडौं, ६ साउन । नेपालमा पछिल्लो २४ घण्टामा थप १५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा १५० जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।

    आज (मंगलबार) थपिएकासहित नेपालमा संक्रमितको संख्या १७ हजार ९९४ जना पुगेको छ ।
    आज थप ६०९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसहित नेपालमा हालसम्म १२ हजार ४७७ जना संक्रमित उपचारपछि निको भएका छन् । मंगलबारसम्म नेपालमा ४० जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी मन्त्रालयले दिएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु