प्रकाश सपुत लाइभ इन कन्सर्ट' अष्ट्रेलियाको सिड्नीमा हुँदैएसियाली खेलकुद क्बड्डीमा नेपाल सेमिफाइनलमावीरजंङ्ग स्मृति खुल्ला पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता’ को तयारी पूरा, पुलिस क्लबसहित नौ वटा टिम सहभागी हुनेविज्ञानका उत्कृष्ट शोधार्थी विद्यार्थी लाई अनुदाननेपाली फुडगुरू सुरेश चन्द्र बस्नेत गोल्डेन ह्याट अवार्ड बाट सम्मानितहेर्नुहोस् आज मिति २०८० साल असोज १७ गते बुधबारको राशिफलविश्व दौडाहामा रहेका एनआरएनए उपाध्यक्षको उम्मेदवार केसीलाई हङकङमा भव्य स्वागतएमसीसीका सिइओ एलिस अलब्राइट र अर्थमन्त्री डा. महतबीच शिष्टाचार भेटबडादशैंको साइत सार्वजनिककक्षा ११ र १२ को परीक्षा कहिले?

साग स्वर्ण विजेतालाई सम्मान गर्ने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ श्रावण ६ गते, मंगलवार १८:४१

काठमाडौं, साउन ६ ।

नेपाल कांग्रेस केन्द्रीय खेलकुद विभागले नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण जित्ने खेलाडीलाई नगदसहित सम्मान गर्ने भएको छ ।
विभागको साउन ५ गते बसेको बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा विभाग प्रमुख मोहनबहादुर बस्नेतले सोको जानकारी गराए । तत्काललाई एकल स्पर्धामा स्वर्ण जित्ने खेलाडीलाई मात्र सम्मान गर्ने र बाँकी पदक विजेता, प्रशिक्षक र व्यवस्थापकलाई पनि क्रमैसंग सम्मान गर्ने प्रमुख बस्नेतले अवगत गराए ।
‘सुरुआतमा हामीले एकल स्पर्धाका स्वर्णधारीलाई सम्मान गर्न लागेका हौं । उहाँहरुलाई १० दिन भित्रै सम्मान गर्छौं । साथीभाइहरुसंग छलफल गरेर छुटेकालाई पनि सम्झन्छौं ।’– प्रमुख बस्नेतले भने । एक स्वर्णलाई १० हजार, दुईलाई १५ हजार र चार स्वर्णलाई २५ हजार नगदसहित सम्मान गर्न लागिएको हो ।
त्यस्तै टोकियो ओलम्पिकमा सहभागी हुने नेपाली खेलाडी र प्रशिक्षकहरुको कोरोना विमा गरी यथाशीघ्र टोकियो ओलम्पिकलगायत विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने विभिन्न खेलका खेलाडीको प्रशिक्षण उच्च सतर्कताका साथ प्रशिक्षण सुरु गर्न सरकारसंग अनुरोध गर्ने, नेपाली कांग्रेस केन्द्रीय सभापतिको नाममा वर्षेनी राष्ट्रियस्तरीय सभापति कप फुटबल प्रतियोगिता सञ्चालन गर्ने, नेपाली कांग्रेसमा आबद्ध खेलाडी र खेल क्षेत्रका संघ संस्थालाई कोरोना भाइरस र प्राकृतिक विपत्तीबाट जोगाउन सहयोग पुग्ने कार्यहरु गर्न÷गराउन परिचालन गर्ने, राष्ट्रिय खेलकुद परिषद्मा कार्यरत कर्मचारीहरुको १३ देखि २४ वर्षसम्म सेवा अवधि पूरा गरेका कर्मचारीहरुको बढुवा प्रकृया अगाडि बढाउन माग गर्ने निर्णय गरेको छ ।
विभागले नेपालको लोकतान्त्रिक आन्दोलनमा योगदान पु¥याएका आफ्ना स्वर्गीय नेता र शहिदको सम्मानमा राष्ट्रिय, प्रदेशस्तरीय र स्थानीयस्तरीय प्रतियोगिता आयोजना गर्ने निर्णय पनि गरेको छ । विभागले स्व. बीपी कोइराला, सुवर्णशमशेर राणा, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिप्रसाद कोइराला, सुशील कोइराला, महेन्द्रनारायण निधि, मंगलादेवी सिंह, शैलजा आचार्य, धनमानसिंह परियार, खुमबहादुर खड्का, शेख इद्रिस, बलबहादुर राई, बखानसिं गुरुङ, योगेन्द्रमान शेरचन, भीमबहादुर तामाङ, राधाकृष्ण चौधरी, द्वारिकादेवी ठकुरानी, भूविक्रम नेम्वाङ र शहिद लखन थापा मगरको स्मृतिमा प्रतियोगिता आयोजना गर्ने जनाएको छ ।
पत्रकार सम्मेलनमा विभागका उप–प्रमुख मोहनकुमार राई, सचिव मीनकृष्ण महर्जनलगायतका पदाधिकारीहरुको उपस्थिति थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु