• आज मध्यरातदेखि लागू हुने गरी लकडाउनको विधिवत् अन्त्य

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ६ श्रावण २०७७, मंगलवार २०:३९

    काठमाडौं, ६ साउन । सरकारले आज मध्यरातदेखि लागू हुने गरी लकडाउनको विधिवत् अन्त्य गरेको छ । कोरोना भाइरसको सङ्क्रमण फैलने भन्दै गत चैत ११ गतेदेखि जारी गरिएको लकडाउन आज मध्यरातदेखि हटाइएको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा नेपाल सरकारका प्रवक्तासमेत रहेका अर्थमन्त्री डा युवराज खतिवडाले सो कुराको जानकारी दिएका हुन् ।

    लकडाउन घोषणा गरिएको झण्डै चार महिनापछि जनजीवन सामान्य बनाउने ध्येयका साथ सरकारले त्यसको विधिवत् अन्त्य गरेको हो । बन्दाबन्दीबाहेक कोभिड–१९ रोकथाम, नियन्त्रण र उपचारका सम्बन्धमा गरिएका अन्य व्यवस्था भने यथावत् नै राखिएको छ ।

    स्वास्थ्यसम्बन्धी मापदण्ड अपनाई यही साउन १५ गतेदेखि होटल तथा रेष्टुरेन्टसमेत सञ्चालनमा ल्याउन दिने सरकारको निर्णय छ । यद्यपि, सामूहिक भोज, पार्टी, सेमिनार र सामूहिक भेला भने गर्न नपाइने अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा खतिवडाले जानकारी दिए । यस्तै, पदयात्रा, पर्वतरोहणलगायत क्षेत्रसमेत साउन १५ गतेदेखि नै सञ्चालनमा ल्याउन दिने निर्णय भएको छ

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु