काठमाडौं ।राष्ट्रिय मुस्लिम आयोगले आगामी जनगणनामा मुस्लिम समुदायको सुकुम्बासी तथा भूमिहिन समुदायको बारेमा छलफल भएको छ ।
सोमबार बसेको राष्ट्रिय मुस्लिम आयोगको बैठकमा यस विषयमा छलफल भएको हो ।
आयोगको अध्यक्ष समिम मियाँ अन्सारीको संयोजकत्वमा यस विषयमा छलफल भएको आयोगले जनाएको छ ।
आयोगले २०७८ सालको जनगणनामा मुस्लिम समुदायको शैक्षिक अवस्था, आर्थिक अवस्था, सामाजिक अवस्था लगायत हरेक दृष्टिकोणले समेट्नेगरी समोबेश गर्न सरकारलाई आग्रह गर्दै आइरहेको छ ।
तथ्याङ्क विभागका महानिर्देशक र संवैधानिक आयोगका पदाधिकारीहरुसँगको छलफलमा मुस्लिम आयोगले यसभन्दा पहिला पनि छलफल गदै आइरहेको छ ।