• नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ७ श्रावण २०७७, बुधबार ११:५५

    ०७ साउन, काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार तोलामा ९४ हजार रुपैयाँमा कारोबार भएको छ ।

    मंगलबारको तुलनामा बुधबार सुनको मूल्य तोलामा १३०० रुपैयाँले बढेको हो ।

    यस्तैगरी बुधबार तेजावी सुन तोलामा ९३ हजार ५६० रुपैयाँमा कारोबार भएको छ ।

    यसैबीच बुधबार चाँदीको मूल्य पनि बढेको छ । मंगलबार १०४० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार ११३५ रुपैयाँमा कारोबा भएको हो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु