दुई दिनमा १७ हजारले गरे फर्निचर एक्स्पोको अवलोकनएनआरएनए अध्यक्षमा रविना थापाको उम्मेदवारी घोषणाआज असोज १२ गते शुक्रबार :कस्तो छ तपाईंको दिन ? हेर्नुस राशिफलनेपाल डेरी एसोसिएसनको २३ औं वार्षिक साधारणसभा धनगढीमा हुने ""नेपाल डेरी एसोसिएसनको टिमले बंगलादेशको भ्रमण""परदेशका नेपाली स्वदेशमा फर्कन चाहन्छन त ?"आज इन्द्रजात्रा, काठमाडौं उपत्यकामा सार्बजनिक बिदासस्तोमा श्रम बेच्न बाध्य नेपालीलाई उचित पारिश्रमिक दिलाउन सातै प्रदेशमा स्कील तथा भोकेशनल एजुकेशन सीपमूलक कार्यक्रमएसियाली खेलकुदफर्निचर फर्निसिङका उत्पादनको कुम्भ मेला ‘फर्नेक्स २०२३’ सुरु, एकै छानामुनी सयौं उत्पादन

अधिकारीको अध्यक्षतामा ३५ सदस्यीय कार्यसमिति चयन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ श्रावण ७ गते, बुधबार १६:१३

काठमाडौं, ०७ श्रावण – समाजबादी होटेल क्यासिनो तथा रेस्टुरेन्ट मजदुर संघ नेपालको अध्यक्षमा केशव अधिकारी चयन भएका छन ।

डिल्लि बजारमा आज बसेको भेलाले अधिकारीको अध्यक्षतामा ३५ सदस्यीय कार्यसमिति चयन गरेको हो । अध्यक्ष पल्टन ठाकुरको विशेष अध्यक्षता सम्पन्न समाजबादी ट्रेड्युनियनका अध्यक्ष प्रमुख अतिथी र महासचिव केशव अधिकारीले सभापतित्व गरेका थिए ।

कार्यक्रममा ट्रेड्युनियन आन्दोलन र समग्र नेपाली मजदुरको समस्या समाधानका उपायहरु बारे चर्चा गरिएको थियो ।सो अवसरमा अध्यक्ष दाहालले एउटा बिनोद चौधरी मालिक र अर्का बिनोद चौधरी मजदुर कसरी हुन सक्छ भन्ने प्रश्न राख्दै राज्यको नीति मजदुर मैत्री नरहेको विचार व्यक्त गरे ।

त्यसै गरि केशव अधिकारीले कोभिड १९ को कारण देखाउदै कैयौं मजदुरको मजदुरी खोसिएको र होटल क्यासिनो र रेस्टुराँ मालिकहरु आफै धामी आफैं बोक्सी भएको प्रष्ट छ भन्दै ठुला भनौदा दलका ट्रेडयुनियनहरुले यस विषयमा मालिकहरुसँग पैसा खायर उल्टै सौदा बाजी गरेको बताए ।

अमृत भोग पार्टी प्यालेसमा भएको कार्यक्रमले होटेल क्यासिनो तथा रेस्टुराँमा भैरहेको बेथिति बिसङतीलाई केही हद सम्म भए पनि हल गर्न सहयोग गर्नेछ भन्ने बिश्वास गर्दै सम्पन्न भएको
अधिकारीले जनाए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु