• ग्राहकहरुको मन जित्दै नेप्स कफी

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ७ श्रावण २०७७, बुधबार १६:२२

    खैरहनी/चितवनको खैरहनीमा आफ्नो कार्यालय रहेको नेप्स कफी एण्ड फुड प्रोडक्ट प्रा.लि.ले नेपाली बजारमा सम्भव्त पहिलो कफीको रुपमा नेप्स कफीलाई बजारमा भित्रयाएको छ । कफीका पारखीहरुको लागि मध्यनजर गर्दै जुनसुकै वर्ग, स्तर र न्युन आयस्रोत भएका व्यक्तिहरुको पहुँचले प्रयोग गर्न मिल्ने उद्देश्यका साथ नेप्स कफीका उत्पादनहरुलाई बजारमा ल्याएको प्रा.लि.का प्रबन्ध निर्देशक रमेश खड्काले जानकारी दिनुभयो ।

    सहज र सुलभ तरिकाले विभिन्न साना, ठूला आकर्षक साइजहरुमा बजारमा उपलब्ध भएकै कारण नेप्स कफीको बजार माग बढ्दो छ । छिटो तयार गर्न सकिने हुँदा यसलाई जुनसुकै प्रयोजनका लागि जहाँसुकै सजिलै प्रयोगमा ल्याउन सकिने हुँदा यसलाई ग्राहकहरुले अत्याधिक रुचाइएको खड्काले बताउनुभयो ।
    २० पिसको थ्री इन वान प्याकेटको रु ३०० जुन एक कप कफी रु १५ रुपैयाँमा तयार हुन्छ भने सुगरफ्रि २० पिसको टु इन वान प्याकेटको रु ४०० जुन एक कप कफीको रु २० रुपैयाँ पर्ने हुँदा यसको मूल्य पनि निकै किफायती हुने खड्काको भनाई छ ।

    प्रिमिक्स तयारी नेप्स कफि प्राइभेट गाडी, अफिस, फ्याक्ट्री, कन्सट्रक्सन, घर जहाँ पनि सजिलै उम्लिएको तातो पानी थर्मस वा अन्य बिकल्पहरुको प्रयोग गरि सजिलै बनाउन सकिने चिनि भएको र चिनि नभएको दुबैमा स्वादमा डिस्पोजेबल पेपर कप सहित ग्राहकको आवश्यकतालाई ध्यान दिदैँ उपलब्ध गराएको छौ । साना होटल ब्यबसायको लागि कफि वेन्डिङ्ग मेशिन पनि बजारमा उपलब्ध गराइएको सञ्चालकहरु बताउँछन् । यसले समयको बचत गरि सुलभ तरिकाले ग्यासको बचत गर्नुको साट्टो बिजुली समेत खपत गरी आफ्नै देशको उर्जा खपतमा समेत मद्दत पु¥याउने सञ्चालकहरुको दावी छ ।
    आकर्षक साइज, उच्चतम मूल्य र सहज रुपमा जहाँसुकै उपलब्ध हुने हुँदा नेपाली बजारमा नेप्स कफीले छिट्टै आफ्नो स्थान पाउन थालेको कफी पारखीहरुको भनाई छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु