काठमाडौ । लोकदोहोरी गायिका पार्वती बुढाथोकीले निकै कर्णप्रिय स्वर लहरीमा एक मौलिक गीत बजारमा ल्याएकी छिन्।
“पाखो बारी अर्मले” नाममा बजारमा आएको छ । नेपाली नारीहरुले भोगेको पिडा र ब्यथालाई गीतमा समेटिएको छ ।
संजय श्रीपालको शब्द तथा लय सिर्जना मा तयार परिएको गीतमा नारीको बास्तविक भोगाइहरु समेटिएको छ ।
तिज गीत संगीतमा मौलिकता हराइरहेको अवस्थामा “पाखो बारी अर्मले” गीतमा नेपाली समाजको बास्तविक चित्रण गरिएको छ । विरेन्द्र भटटको छायाँकन ।
अनिल रानाको सम्पादन तथा मदन खड्काको निर्देशन भिडियोमा रहेको छ ।
गीतको भिडियोमा सलिना नेपाली र साथीहरुको अभिनय तथा नृत्य देख्न सकिन्छ
भिडियो: