• न्यू साउथवेल्स राज्यको अवैतनिक महावाणिज्य दूतमा चौथो पटक दीपक खड्का नियुक्त

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ८ श्रावण २०७७, बिहीबार १०:५२

    काठमाडौं । अस्ट्रेलियाको व्यापारिक राजधानी सिड्नी अवस्थित न्यू साउथवेल्स राज्यको अवैतनिक महावाणिज्य दूतमा चौथो पटक दीपक खड्का नियुक्त भएका छन्।

    नेपाल सरकारको गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले खड्कालाई पुन: चार वर्षका लागि महावाणिज्य दूत नियुक्त गर्ने निर्णय गरेको हो। ‘देशको प्रतिनिधित्व र गौरव गर्ने यो मौका राज्यले पुन: दिएको छ,यसका लागि म सम्बन्धित निकायलाई धन्यवाद दिन चाहन्छु, यसको गरिमा घट्न दिने छैन’, खड्काले नियुक्तिपछि भने।

    महावाणिज्य दूतको कार्यालयले दुई देश बीचको वाणिज्य सम्बन्ध विस्तार लगायत भिसा र अन्य सिफारिस प्रदान गर्ने गरेको छ। दोलखा थातथलो भएको महावाणिज्य दूत खड्काले यसअघि पनि तीन कार्यकाल अर्थात् एघार वर्ष महावाणिज्य दूतका रूपमा कुशल भूमिका निर्वाह गरिसकेका छन्।
    अस्ट्रेलियास्थित नेपाली राजदूतावासको सिफारिस तथा परराष्ट्रको प्रतिवेदनसँंगै मन्त्रिपरिषद् बैठकले महावाणिज्य दूत नियुक्त गर्ने परम्परा रहँदै आएको छ।

    सिड्नीमा मुख्य कलेज रहेको क्राउन इन्स्टिच्युट अफ हाइयर एजुकेशनका लगानिकर्ता खड्का सफल ब्याबसायि सङ्गै सामाजिक कार्यमा पनि अगाडि रहेका छन । । केहि महिनापहिले खड्काले कोभिड-१९ महामारीबाट प्रभावित आफ्ना बिधार्थीहरुका लागि २५ लाख (२.५ मिलियन) अष्ट्रेलियन डलर बराबरको राहत प्याकेज घोषणा गरेका थिए ।
    कोभिड-१९ का कारण अफ्ठ्यारोमा परेका आफ्ना बिधार्थीहरुले अध्ययनलाई निरन्तरता दिन सकुन् भन्ने मुख्य उदेश्य सहित यो प्याकेजको घोषणा गरिएको खडकाले बताए । खडकाका अनुसार संस्थाको सामाजिक उतरदायित्व स्वरुप कलेजले यस्ता प्रकारको सहयोग गर्ने गरेको हो र भाबि दिनमा पनि गरिरहनेछ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु