हेर्नुस् आज साउन ८ गते मंगलबारको राशिफल१७ करोडको लागतमा निर्माण भएको तारकेश्वर नगरपालिकाको प्रशासनीक भबन उदघाटनविद्यार्थीहरुको मागप्रति आईक्यान जिम्मेवार नभएको भन्दै एनकासाद्वारा चरणवद्ध आन्दोलन घोषणासिद्धिश्वरमान अक्षयलोक साहित्यक केन्द्रले बिभिन्न बिधाका २२ भन्दा बढि व्यक्तिहरूलाई सम्मानप्रोफेसनल एजुकेटर्स लिमिटेड र नेपाल लाइफ इन्स्योरेन्स (एनएलआईसी) बीच इक्विटी लगानी सम्झौता सम्पन्नदीपालाई वर्ल्ड स्ट्रेन्थलिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेसमा स्वर्ण पदकश्रावण सोमबार शिवजीको व्रत किन बस्ने?मिथिला शर्माको गुरुदक्षिणाहेर्नुहोस् आज साउन ७ गते सोमबारको राशिफलसेन्ट जर्ज स्कुलमा गुरुपूर्णिमा सम्पन्न

तीज गीत ”ढुंगे छपनी”सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ श्रावण ८ गते, बिहीबार १४:२४

काठमाडौं ।महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर गायिका शिवा के सी तथा गायक खेम राज पौडेलको आवाजमा रहेको तीज गीत ”ढुंगे छपनी”सार्वजनिक भएको छ।बिगत केहि वर्ष देखि जापानमा बस्दै आएका गायक तथा गायिकाले प्रबास बाटै भएपनी संघर्षका साथ सांगीतिक यात्रालाई निरन्तरता दिँदै आएका छन ।

बजारमा आएको “ढुंगे छपनि “बोल को गीतमा उदयमान सर्जक अर्जुन सुबेदीको शब्द संयोजन रहेको तथा सुमधुर स्वरका धनि प्रदेशी गायक सुर्य खड्काको लय रहेको छ ।
दुर्गा पौडेल को छायाँकन ,चर्चित निर्देशक शंकर बिसीको निर्देशनमा रबिना भण्डारी र स्वयम शंकर बिसी को अभिनय देख्न सकिन्छ।
गीतका हरेक शब्द मा हाम्रो ठेट नेपालि शब्द लाइ जस्ताको त्यस्तै प्रयोग गरिएकोले सहजै बुझ्न सकिन्छ ।
जापानको पेन्टा स्टुडियो मा रेकर्ड गरिएको उक्त गीतमा खड्ग बाजुराली को संगीत संयोजन रहेको छ।
लोकप्रिय सर्जक केशव पौडेलको युटुब् च्यानल बाट बजार मा आएको उक्त गीत ले कति दर्सक स्रोताको मन जित्ने हो त्यो हेर्न भने केहि समय कुर्न पर्ने छ।
भिडीयो :

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु