काठमाडौ केही समय अघि चलिरहेको हास्य—व्यङ्गय टेलिश्रृङ्खला खिसीटिउरीको सफलता पछि नेपालको राष्ट्रियतामा आधारित ठुलोपर्दाको नयाँ नेपाली कथानक चलचित्र “अन्तरघात” छायांकनको तयारी भैरहेको छ । बहुचर्चित अनुभवी राष्टिय स्तरका कलाकारको साथमा चलचित्र निमार्णको तयारिमा भैरहेको बताइएको छ ।
हास्य—व्यङ्गय टेलिश्रृङ्खला खिसीटिउरीका निर्माता तया सह निर्देशक प्रतीक शम्सेर थापा (राष्ट्र) द्धारा निमार्ण हुन लागेको यस चलचित्रमा “खिसीटिउरीका” कलाकारले प्रथामिक्ता पाउने बताइएको छ । भाद्र महिनादेखि छायांकन गरिने चलचित्र अन्तरधातले नेपाली दर्शकको मन जित्ने कुरामा आफु बिश्वस्त रहेको हास्य—व्यङ्गय टेलिश्रृङ्खला खिसीटिउरीका कलाकार नविन शर्माले बताए ।