• लायन्स क्लवको आयोजनामा इन्डक्सन कार्यक्रम सम्पन्न

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १० श्रावण २०७७, शनिबार ०८:५४

    काठमाडौ ।लायन्स क्लव अफ चन्द्रागिरी मंन्डलाले क्लवका सदस्यहरुमा प्रेरणा दिने लक्ष्यका साथ शुक्रबार इन्डक्सन कार्यक्रमको आयोजना गरेको छ ।

    कार्यक्रममा क्लवका सदस्यहरुलाई प्रमाणपत्रबाट सम्मान गर्दै लायन्सले गरेका कार्यहरुको चर्चापरिचर्चा गरिएको थियो । कार्यक्रममा महिला तथा बालबालिका मन्त्री पार्वत गुरुङको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।
    कार्यक्रममा प्रदेश सभा सदस्य रमा आले मगर ,लायन्स डिस्ट्रिक गर्भनर डा.शुशिला मल्ल लगायतको पनि उपस्थिति रहेको थियो । लायन्स क्लव अफ चन्द्रागिरी मंन्डलाका संस्थापक देवेन्द्र प्रधानले स्वागत गर्नै क्रममा बोल्दै क्लवले समाजमा भएका हरेक समस्यालाई समाधान गर्न क्लवको स्थापना गरेको बताउनु भयो । उहाँल सरकार विभिन्न संघसंस्थासँग समन्वयन गरेर अगाडि बढ्ने बताउनु भयो ।

    कार्यक्रममा बोल्दै बालबालिका तथा महिलामन्त्री पार्वत गुरुङले बोल्दै केहि क्लवले समाज सुधारको नाममा भ्रष्टचार गर्न प्रवृति बढेकाले उनीहरुलाई सरकारले कारबाहि गर्न सरकार बाध्य भएको र त्यस्तो कार्य नगर्न र राम्रो कार्य गर्दा आफुले र सरकारले पनि सहयोग गर्न तयार रहेको उहाँले बताउनु भयो । प्रदेश सभा सदस्य रमा आले मगरले बोल्दै सबैले आफ्नो आत्मविश्वास मजबुत बनाएर काम गर्न आग्रह गर्दै प्रर्देश सरकारबाट गर्नुपर्ने सहयोग गर्न प्रदेश सरकार तयार रहेको पनि जानकारी दिनुभयो । उक्त कार्यक्रममा संघीय सांसद अन्जना विसुङ्ले समाज निमार्ण लायन्सले गरेको कार्य देखेर आफु पनि सदस्य भएको बताउदै आफुले पनि विभिन्न संघसंस्थासँग समन्वयन गर्ने जानकारी दिनुभयो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु