नेपाल डेरी एसोसिएसनको २३ औं वार्षिक साधारणसभा धनगढीमा हुने ""नेपाल डेरी एसोसिएसनको टिमले बंगलादेशको भ्रमण""परदेशका नेपाली स्वदेशमा फर्कन चाहन्छन त ?"आज इन्द्रजात्रा, काठमाडौं उपत्यकामा सार्बजनिक बिदासस्तोमा श्रम बेच्न बाध्य नेपालीलाई उचित पारिश्रमिक दिलाउन सातै प्रदेशमा स्कील तथा भोकेशनल एजुकेशन सीपमूलक कार्यक्रमएसियाली खेलकुदफर्निचर फर्निसिङका उत्पादनको कुम्भ मेला ‘फर्नेक्स २०२३’ सुरु, एकै छानामुनी सयौं उत्पादनहेर्नुस् आज मिति २०८० साल असोज ११ गते बिहिबारको राशिफल२४ महिना २४ बाचा’ सार्वजनिक गर्दै एनआरएनए अध्यक्ष पदमा शर्माको उम्मेदवारी घोषणासङ्घीय निजामती ऐन तत्काल ल्याउन कर्मचारी सङ्गठनको माग

विश्वभरमा के छ कोरोना पछिल्लो अपडेट

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ श्रावण १० गते, शनिबार १२:३१

काठमाडौं । कोरोना भाइरसको महामारी जतातै व्याप्त छ । यो समाचार तयार पार्दासम्म कोरोना भाइरसबाट विश्वभरमा १ करोड ५९ लाख ३९ हजार १७५ जनालाई संक्रमण भएको छ भने ६ लाख ४२ हजार ६२२ जनाको मृत्यु भएको छ ।

त्यस्तै ९७ लाख २३ हजार ३६५ जना संक्रमण मुक्त भएका छन् भने विश्वमा ६६ हजार २४२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच भारतमा कोरोना भाइरसका कारण अहिलेसम्म ३१ हजार ४०६ जनाको मृत्यु भएको छ भने १३ लाख ३७ हजार २२ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ८ लाख ५० हजार १०७ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच शुक्रवार मात्रै भारतमा आज सम्मकै धेरै कोरोना संक्रमित थपिएका छन् । त्यहाँ शुक्रवार ४८ हजार ८९२ जना संक्रमित थपिएका हुन् । त्यस्तै ७६१ जनाको मृत्यु भएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु