• म्याकुरी र चन्दा अभिनित तिज गित ´आयो तिज बरिलै`सार्वजनिक

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १० श्रावण २०७७, शनिबार २१:२०

    काठमाडौं १० साउन ।
    हिन्दु नारीहरुको महान पर्व हरितालिका तिज नजिकिए संगै नेपाली संगित बजारमा धमाधम तिज गित सार्वजनिक हुने क्रम जारी नै छ यस्तै
    बाराही मियुजिकले पनि हरेक बर्ष झै यस बर्ष पनि तिजको अवसर पारेर लक्ष्मण पौडेल र कल्पना देवकोटा पौडेलको निर्माणमा´आयो तिज बरिलै`नामक तिज गित सार्वजनिक गरेको छ ।

    सार्वजनिक उक्त गितमा चर्चित नृत्य निर्देशन राजकुमार दर्जी हास्यकलाकार पवन खतिवडा( म्याकुरी) र अहिलेको व्यस्त मोडेल चन्दा दहाल लाई देख्न सकिन्छ। यस गितलाई उमेश गुरुङले निर्देशन एवम् छायांकन मधुर बस्नेतले गरेका छन् ।साथै यस गितलाई मेक बहादुर थापाले सम्पादन गरेका छन्।

    कल्पना देवकोटा पौडेल शब्द एवम् लक्ष्मण पौडेल र कल्पना देवकोटा पौडेलको स्वर रहेको यस गितमा लक्ष्मण पौडेल र चित्र गुप्ता भट्टराईले संगित भरेका छन् ।
    हेर्नुहोस गित..

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु