पाटनमा बृहत रक्तदान कार्यक्रम सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ श्रावण ११ गते, आईतवार ०८:०७

सबिना खड्का
साउन ११,ललितपुर । कोभिड-१९ को महामारीले विश्वलाई आक्रान्त बनाइरहेको अवस्थामा रगतको अभाव हुनसक्ने संभावनालाई ध्यानमा राखेर रगतको अभावमा अकालमै ज्यान गुमाउनु पर्ने परिस्थितिको अन्त्य गर्न ठूलो टेवा पुग्ने भएकोले ललितपुरको पाटनमा शनिबार बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

रोट्रयाक क्लव अफ पाटन र रोटरी क्लव अफ पाटनको संयुक्त आयोजना र ब्लड अन रिवेस्ट नेपालको सहकार्यमा भएको रक्तदान कार्यक्रममा ३९ जनाले रगत दान गरेका छन।

यस अघिपनि क्लबले विभिन्न अस्पतालमा विरामीहरुको लागी रगत अभाव नहोस भनेर बेलाबेलामा रगत संकलन (रक्तदान
कार्यक्रम)सञ्चालन गर्दै आएको कार्यक्रम संयोजक निकेश महर्जन ले जानकारी दिनु भयो।


सम्बन्धित शीर्षकहरु