• आधिकारिक ट्रेड युनियनको निर्वाचन असोज २४ मा

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ११ श्रावण २०७७, आईतवार १२:०९

    काठमाडौं । निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनको निर्वाचन असोज २४ गते गर्न प्रस्ताव गरिएको छ । युनियनको ४ वर्षे कार्याकाल जेष्ठ १९ गते सकिएपछि निर्वाचनको तयारीमा आधिकारिक लागेको हो ।
    आधिकारिक ट्रेड युनियनका कार्यवाहक अध्यक्ष भोलानाथ पोखरेलले युनियनको तर्फबाट निर्वाचनको मिति प्रस्ताव गरेर श्रम विभागलाई पठाइसकिएको जनाए ।हामीले समयमै निर्वाचन हुनुपर्छ भनेर प्रस्ताव गरेका छौं, आवश्यक निर्देशिका बनाएर होला भन्ने लाग्छ’ पोखरेलले भने ‘के कसरी निर्वाचन गर्ने र अरु प्रक्रिया के के हुन्छन् भन्ने पछि नै टुंगो लाग्छ ।पोखरेलले आफू कार्यवाहक भएर आएपछि सुधारका केही काम गर्दै गरेको पनि स्पष्ट पारेका छन् । अध्यक्ष पुण्यप्रसाद ढकाल गत चैत्र ९ गते उपसचिवमा बढुवा भएपछि पोखरेल कार्यृवाहक भएका हुन् । नियम अनुसार शाखा अधिकृतसम्मलाई मात्र कर्मचारी संघ संगठनमा आवद्ध हुन मिल्छ ।
    उर्जा आयोगका कानुनतर्फका सहसचिव कलानिधि पौडेललाई प्रमुख निर्वाचन अधिकृत तोकिएको छ । कार्यालय खोलेर आवश्यक तयारी गर्न भने बाँकी छ, पौडेलले आधिकारिकसँग छलफल पनि गरेका छैनन् । आफूहरुले पहिलेदेखि ने उठाउँदै आएको आधिकारिक ट्रेड युनियन बनाउने माग पूरा भएको पोखरेलले बताए । २०७३ जेष्ठ १९ गते नेपालमा पहिलोपटक भएको निर्वाचनले २१ जना रहेको केन्द्रीय कार्यसमिति गठन गरेको छ ।
    जिल्लामा पनि आधिकारिकको संगठन रहेको छ । यो निर्वाचनमा पाँचवटा संघ÷ संगठन प्रतिस्पर्धामा थिए । आधिकारिकमा प्रतिनिधित्व हुनका लागि खसेको मतको १० प्रतिशत थ्रेसहोल्डको व्यवस्था छ । केन्द्रमा ३ वटा संघ संगठनको प्रतिनिधित्व रहेको छ । आधिकारिकले कर्मचारीका हकहित र पक्षमा आवाज उठाउँदै आएको छ । कार्यवाहक अध्यक्ष पोखरेलले कर्मचारीको अधिकार कटौती हुने गरी कुनै पनि प्रकारका विधेयक नल्याउन सरकारलाई सचेत गराएका छन् । उनले सरकारले आफूहरुको अधिकार कटौती गरे जस्तोसुकै आन्दोलन गर्न पछि नपर्ने र त्यसको सबै जिम्मेवारी सरकारले लिनुपर्ने चेतावनी दिएका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु