• सुनको मूल्यले आज पनि नयाँ रेकर्ड कायम

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ११ श्रावण २०७७, आईतवार १२:४४

    काठमाडौँ ११ साउन: सुनको मूल्यले आज (आइतबार) पनि नयाँ रेकर्ड कायम गरेको छ। सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको छ। आज छापावाला सुन प्रतितोला ९६ हजार ३०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९५ हजार ८६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

    शुक्रबार सुनको मूल्य एक हजार ३०० रुपैयँले बढेर छापावाला सुन प्रतितोला ९५ हजार ८०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९५ हजार ३६५ रुपैयाँ कारोबार भएको थियो।

    त्यस्तैगरी, चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर १ हजार १५५ रुपैयाँ पुगेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु