• आज थप १३० कोरोना संक्रमित थपिए,

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ११ श्रावण २०७७, आईतवार १६:४७

    काठमाडौं, ११ साउन । नेपालमा कोरोना भाइरसका आज १ सय ३० जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या १८ हजार ६ सय १३ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् ।

    आजसम्म १३ हजार १ सय २८ जना संक्रमणमुक्त भएका छन् । आज ७५ जना संक्रमणमुक्त भएको डा. गौतमले जानकारी दिए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु