ललन कुमार चौरसिया
रौतहट ११ श्रवण।
रौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिका वडा नम्बर २ सितलपुरमा भकुवा नदीको चपेटामा परि हिजो दुई बालिका हराईरहेका थियो। जस मध्ये एक जनाकाे शव अाज बिहान फेला परेकाे छ ।
शनिबार साँझ ४ बजेदेखि यी दुई बालिका नदिमा हराईरहेकी थिईन् ।
प्रहरीलाई वहाँको बुबा खबर गर्ने लगत्तै खोज तलासमा जुटेका हुन्।
सोही क्रममा आज आइतबार बिहान ९ बजेको क्रममा शव फेला पारेको प्रहरीले जानकारी दिएका छन।
फतुवा विजयपुर नगरपालिका वडा नम्बर २ सितलपुर निवासी रामअयोध्या प्रसाद यादवको बर्ष १० की दुई छोरीहरु मनिषा कुमारी यादव र १२ बर्षीय पुजा कुमारी यादव हराएकी थिन।
दुई जना मध्ये मनीषाको शव फेला पारेका छन्।
भने पुजा अझै बेपत्ता छन्। LKG र UKG मा अध्ययन यी दुई बालिकाका परिवार अहिले दु:खीमा परेको छ ।
घटना स्थलमा इलाका प्रहरी मौलापुर र फतुवा विजयपुरको टोली पुगेका थियो।
हराईरहेकी बालिका खोजतलास जारी नै रहेको छ।
शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल गौरमा पठाउन तयारी भइरहेको फतुवा विजयपुरको निसपेकटर चन्द्रकिशोर साहले जानकारी दिएका छन। हिजाे शनिबार रौतहट जिल्लाको माधवनरायण नगरपालिका वडा नम्बर १ दिपही निवासी नितेश महतोको घर अगाडि पानीमा डुबेर मृत्यु भएका थियो। पानीको निकास नहुदा बालिका डुबेको जानकारी दिएका छन। यस्तै पानीमा डुबने बालबालिका मृत्यु हुन संख्या बढिरहेकोले इलाका प्रहरी कार्यालय गरुडाका डीएसपी ज्ञान कुमार महतो सबैलाई सचेत रहन आग्रह गरेको छ।