तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

चर्चित गायक शम्भु राईको एनी हौ आँखैमा झलझली’

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ श्रावण १२ गते, सोमबार १५:३७

काठमाडौं– ‘चलेछ बतास सुस्तरी’, ‘चिट्ठी तिमीलाई लेखुँ भन्थें …,’जस्ता चर्चित गीतका गायक शम्भु राईको नयाँ गीत बजारमा आएको छ। पूर्वेली लोक गीतका बादशाहका रुपमा समेत चिनिने शम्भुले ‘एनी हौ आँखैमा झलझली’बोलको गीत ल्याएका हुन्। शम्भुलाई आवाजमा गायिका अञ्जु गौतमले साथ दिएकी छिन्। अञ्जुले सय बढी गीतमा आवाज दिईसकेकी छिन्। उनी पूर्वेली लोक गीत संगीतमा अब्बल मानिएकी गायिका हुन्। ‘एनी हौ आँखैमा झलझली’ गीतमा शब्द/संगीत पनि गायक शम्भुकै रहेको छ।

गीतको भिडियोमा अनिता गोले, उमेश राई (फुलन्देको आमा),ज्योती खड्का,पारबन राई (राई बुढा),कमल सिँह लगायतलाई फिचरिङ गरिएको छ। अभी लामाको निर्देशन तथा युद्धा लामाको कोरियोग्राफी रहेको गीतको भिडियोलाई सुर्य लामाले छायाँकन तथा सम्पादन गरेका हुन्। गीतलाई श्रद्दा रेकर्डिङ स्टुडियोले प्रस्तुत गरेको हो।

हेर्नुस भिडियो

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु