• ६२६ कोरोना संक्रमित डिस्चार्ज, १३९ थपिए

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १२ श्रावण २०७७, सोमबार १६:४१

    काठमाडौं, १२ साउन । नेपालमा कोरोना भाइरसका आज १ सय ३९ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या १८ हजार ७ सय ५२ पुगेको छ ।

    आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् ।

    आजसम्म १३ हजार ७ सय ५४ जना संक्रमणमुक्त भएका छन् । आज ६ सय २६ जना संक्रमणमुक्त भएको डा.गौतमले जानकारी दिए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु