यूवा साहित्यकार भीष्मराज फुलाराद्धारा लिखित “कस्तो भाइरस आयो ? भिडियो सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ श्रावण १२ गते, सोमबार २२:३९

काठमाडौं – यूवा साहित्यकार भीष्मराज फुलाराद्धारा लिखित “कस्तो भाइरस आयो.. ?”नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
बिश्वब्यापी फैलिएको कोभिड–१९ को महामारीलाई समेटेर लेखिएको उक्त कारुणिक गीतको संगीत तथा स्वर राम कुमार बस्नेतको रहेको छ भने रामचन्द्र चन्दको संगीत संयोजन रहेको छ । फुलारा लिटरेचर फाउण्डेसन नेपाल र द ल अफिसेस अफ बाशु डी. फुलारा पि.सि.को संयुक्त सहकार्यमा निर्माण गरिएको उक्त गीतको म्यूजिक भिडियो गीतकार फुलाराको आफ्नै आधिकारीक यू–ट्युव च्यानल “फुलारा इन्टरटेनमेन्ट नेटवर्क” बाट सार्वजनिक गरेका छन् ।
चर्चित कलाकारहरु सुरविर पण्डित(दारीबा), दिनेश के.सी.सरिता राजोपाध्याय,ज्ञान खत्रीको मूख्य भुमिका रहेको छ भने अन्य कलाकारहरुमा ठण्ड बहादुर अधिकारी,योग गुरु सुदन भेटवाल, हेमाङ्गर।ज गिरी र भीष्मराज फुलारा समेतको अभिनय म्यूजिक भिडियोमा रहेको छ ।

लिगेस भट्टराईद्धारा निर्देशन तथा सम्पादन गरिएको उक्त म्यूजिक भिडियोको छायांकन बिरेन्द्र भट्टले गरेका हुन् भने श्रृगांर उर्मिला लामाको रहेको छ । त्यसै गरी व्यवस्थापन पक्षको सबै जिम्मेवारी यम प्रसाद ओलीले सम्हालेका हुन भने स्वराङ्कन गणेश सुवेदीले गरे का हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु