• गाेठ जलाेस कि घर या मन

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १३ श्रावण २०७७, मंगलवार ११:४९

    भरत कुमार गाैतम।

    गाेठ जलाेस कि घर या मन
    आखिर यहाँ जीवन जल्दैछ,
    बाढी जाओस कि पहिराे या भूकम्प
    आखिर यहाँ देश न बग्दैछ/काप्दैछ !

    बुझिदिनु पर्नेले बुझपचाउँदा
    मनमा पिर पर्नु सामान्य अवस्य हैन
    इतिहास बिर्सेर वा सहि बाटाे हिड्न छाडी
    प्रतिक्रान्तिकारीकाे गाेटी बन्दा पाे झनक्कै हुन्छ!

    थाहा छ विवेक गुमाउनुहुन्न,बाटाे छाड्नुहुन्न
    क्रान्तिकाे चेतलाई अझ तिखार्नुपर्छ/खार्नुपर्छ
    अब ठाउँ-ठाउँमा आगाेकाे झिल्का भन्दा
    राँकाे बालेर अन्धकार जति हटाउनुपर्छ !

    ०४६,जनयुद्ध ,०६२/६३,मधेस आन्दाेलनले
    बढार्न नसकेका बाँकी रहेका कसिङ्गर
    विवेक सहितकाे त्याे परिवर्तकारी चेतले
    सयुक्त जनआन्दाेलन मार्फत सफा गर्नुपर्छ!

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु