• यो तीजमा बुढी संगै ब्रत बस्ने हो

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १४ श्रावण २०७७, बुधबार ०८:२९

    काठमाडौ । कोरोना भाइरसको कारण यस बर्षको तीज पर्ब आफ्नै श्रीमान संग मनाउने भाव प्रस्तुत गीतमा समाबेस गरिएको छ ।
    यो बर्ष तीजमा बुढी संगै ब्रत बस्ने हो।नामक बजारमा आएको गीत समिर आचार्यको प्रस्तुतिमा रहेको छ ।

    गायिका प्रीतिको साथमा समिर आचार्यको पनि यस गीतमा सुमधुर स्वर सुन्न सकिन्छ । गायक समिर अहिले प्रबासमा रहेका छन् ।

    त्यहाँ रहेर पनि नेपाली गीत संगीत क्षेत्र सम्वृद्धिको लागि उनको यो भूमिकाले अवस्य पनि महोत्वपूर्ण टेवा पुग्ने छ भन्ने कुरामा दुई मत छैन । गीतलाई लय प्रस्तुतकर्ता एवं गायक समिर आचार्यले नै भनेका हुन् भने शब्द भानुभक्त कटुवालको रहेको छ ।

    समिर आफ्नो यो प्रस्तुतिलाई माया गरिदिएर आगामी दिनमा अझै उत्कृष्ट सिर्जना बजारमा ल्याउन उर्जा प्रदान गरिदिनुहुन सम्पूर्ण श्रोता तथा दर्शकहरुमा अनुरोध गरेका छन् ।
    नेपाली मौलिकतामा धारित यस गीतको म्युजिक भिडियोमा करिश्मा ढकाल र शिब खड्काको आकर्सक नृत्य सहितको अभिनय देख्न सकिन्छ ।
    भिडियोलाई निर्देशन प्रतिक निग्रेस्वर ले गरेका हुन् भने छायांकन तथा सम्पादन सुर्य लामाले गरेका छन् ।

    भिडीयो:

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु