• राखेप उपाध्यक्ष र सदस्य–सचिवद्वारा पद्वहाली

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १४ श्रावण २०७७, बुधबार २२:०८

    काठमाडौं, साउन १४ गते ।
    राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त उपाध्यक्ष शिव कोइराला र सदस्य–सचिव रमेशकुमार सिलवालले बुधबार पद्वहाली गरेका छन् । दुवैले त्रिपुरेश्वस्थित आ–आफ्नो कार्यकक्षमा पद्वहाली गरेका हुन् । दुवैलाई गत सोमबार बसेको मन्त्री परिषद्को बैठकले नियुक्त गरेको थियो ।
    पद्वहाली गर्नुअघि दुवैले सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा शपथ ग्रहण गरेका थिए । खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले उनीहरुलाई पद तथा गोपनीयताको शपथ खुवाएका थिए । शपथ ग्रहणअघि खेलकुद सचिव रामप्रसाद थपलियाले दुवैलाई पत्र हस्तान्तरण गरेका थिए ।
    सो अवसरमा मन्त्री विश्वकर्माले उहाँहरुको कार्यकाल उदारहणीय बन्ने विश्वास व्यक्त गर्दै खेलकुद क्षेत्रमा देखिएको चुनौतीलाई पार गर्दै अघि बढ्न जरुरी रहेको धारणा व्यक्त गरे ।
    उपाध्यक्ष कोइरालाले सामूहिकताको आधारमा परिषद्लाई अगाडि बढाउने बताउदै हरेक अभिभावकमा आफ्ना बच्चालाई खेलकुदमा लगाउन भावना पैदा गर्नु पर्ने आवश्यकता औल्याए ।
    सदस्य–सचिव सिलवालले गएको १ वर्षको अवधिमा पूरा गर्न नसकेका अधुरा कामलाई अबको चार वर्षमा पूरा गर्ने प्रतिबद्धता जनाउदै खेलकुदलाई सबैको आकर्षणको केन्द्र बनाउन प्रयासरत रहने बताए ।
    सचिव थपलियाले पूर्वाधार, प्रतियोगिता, प्रशिक्षण र परिणाममा बढी जोड दिनु पर्ने विचार व्यक्त गरे ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु