• छक्कै परें बोलको गीत सार्वजनीक

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १५ श्रावण २०७७, बिहीबार १८:२६

    काठमाडौं । छक्कै परें बोलको गीत सार्वजनीक भएको छ ।गीत सामाजीक सञ्जालबाट सार्वजनिक भएको हो ।

    यो गीत बिष्णु भट्ट र बिना भट्टराईको स्वरमा रहेको छ । जसमा बिष्णु भट्टकै संगीत छ ।
    गीतको भिडियोमा कार्टुन क्रुका जोडी सरोज अधिकारी र आश्मा विश्वकर्माको आकर्षक नृत्य छ ।
    डान्सिङ जनराको यो गीतमा यी दुई जोडीले विभिन्न नृत्य कलाकारका साथ उर्जायुक्त डान्स प्रस्तुत गरेका छन् । ठेट नेपाली शब्दहरुको प्रयोग गरिएको गीत रोमाञ्जक बनेको छ ।
    यो भिडियोलाई माईकल स्टेप अप एन्ड आर्टस् एकेडेमीका सञ्चालक कोरियोग्राफर माईकल चन्दले निर्देशन गरेका छन् ।
    उत्सब दाहालले खिचेको यो भिडियोमा सिलन लम्सालको सम्पादन छ । यो गीतको भिडियोलाई डिआर म्युजिक एन्ड क्रियसनको युट्युव च्यानलबाट रिलिज गरिएको छ ।
    गीतकार डा। डिआर उपाध्यायले यसपटक आफ्ना यो गीतको भिडियोमा निकै मेहनत गराएका छन् ।
    गीत लेखेर नै गिनिज अफ वल्र्ड सहित विश्वका १५ वटा विश्व रेकर्ड बनाएका उपाध्ययको बिगतको गीतको भिडियो भन्दा यो भिडियो केही पृथक बनेको छ ।

    भिडियो:

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु