काठमाडौं । हिन्दु नारिहरुको महान चाड हरितालिका तिजको अवसर पारेर तीज गीत सार्वजनिक हुने क्रम बढेको छ यसै क्रममा तिज गीतमा व्यस्त तथा चर्चित गायिका प्रीति आलेको स्वर रहेको गीत‘हामी नाच्ने हो गाउने हो डिस्टर्ब नगर’तिज गीतको भिडियो सार्वजनिक भएको छ । राजबहादुर सानेको शब्द र संगीत तथा लय रहेको गीतको भिडियोमा कृष्ण परियारको निर्देशन छ ।
भिडियोमा प्रिती आलेसँगै रिया श्रेष्ठ,कसिस दाहाल, सबिता आले,विमला गुरुङ, कमला नेपाली, ज्याक गुरुङ, शिशिर राणा र दीपकजंग शाहीलगायतको अभिनय छ ।
किम्भे प्रोडक्सन युट्युब च्यानलबाट सार्वजनिक गीत भिडियोमा बाबु जिम्बाको कोरियोग्राफी छ । सौर्यल थापा निर्माता तथा प्रकाश हमाल सह–निर्माता रहेको भिडियोमा युयुस ढकालको छायांकन,तारा थापा‘किम्भे’को सम्पादन छ ।
भिडियो :