काठमाडौ ।नेपाली नारीहरुको महान चाड हरितालिका तीज २०७७ लाई लक्षित गर्दै राजु परियार र पारु खड्काको सुमधुर स्वरमा एक निकै कर्णप्रिय तीज गीत बजारमा लाएको छ ।

उक्त गीत पारु खड्काको प्रस्तुतिमा ‘नरोन ए न्याउली चरी’ नाममा रहेको छ । गीतलाई लय बिष्णु बि.सी. ले तयार पारेका हुन् भने शब्द कल्पित मिनु कार्कीको रहेको छ ।
गीतमा पछिल्लो समय भएको टिकटक विकृतिलाई व्यंग्यात्मक प्रहार गरिएको छ ।
नरोन ए न्याउली चरीू बोलको गीतको म्युजिक भिडियोमा बिमल अधिकारी, सारिका के.सी, दुर्गा के.सी अशिना पोख्रेल, आशा जी.सी. र नयन बरालको आकर्षक अभिनय देख्न सकिन्छ ।
भिडियोलाई निर्देशन लोकप्रिय मोडल बिष्णु बि.सी. ले गरेका हुन् भने छायांकन सागर गौतम र सम्पादन दिपक विष्टले गरेका छन्
भिडियो: