• गुल्मीमा घर माथी बाट पहिरो खसेर एकै परिवारका चार जनाको मृत्यु

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १७ श्रावण २०७७, शनिबार १५:०१

    कमलराज पुरी -गुल्मी ।गुल्मीमा घर माथीबाट खसेको पहिरोले घर पुरिदा एकै परिवारका चार जनाको मृत्यु भएको छ । गएराति जिल्लाको रुरुक्षेत्र गाउँपालिका वार्ड नम्बर ५ बम्घा आटिपाटामा राजु बोटेको घर पहिरोले पुरिदा एकै परिवारका चार जनाको मृत्यु भएको वडा अध्यक्ष हरिप्रसाद ज्ञवालिले न्युजलाईन्स नेपाललाई बताए ।

    मृत्यु हुनेहरुमा राजु बोटेकी ३० वर्षिय श्रीमति विना बोटे,२ छोरा १० बर्षीय सागर बोटे,७ बर्षका छोरा हेमन्त बोटे र १० महिनाकी छोरी बिनिता बोटे रहेका छन । राजु बोटे रोजगारीको शिलसिलामा भारतमा रहेका छन ।
    साँझ बाट परेको अविरल वर्षाका कारण घर माथीबाट पहिरो खसेर घर पुरिदा सुतिरहेका चार जनाको घटना स्थलमा नै मृत्यु भएको बताईएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु